रामेछाप प्रहरीले गर्यो थुनुवा र प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण
फाइल फोटो जिल्ला प्रहरीको फेस्बुकबाट साभार
१८ असोज,रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले कैद भुक्तान गरिरहेका थुनुवा र प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरेको छ ।
सोमबार रामेछाप सामुदायिक अस्पतालसँगको समन्वयमा हिरासत कक्षमा रहेका थुनुवाहरू तथा प्रहरी कर्मचारीहरू समेतको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
कोरोना महामरीको विषम परिस्थितिमा जनतासंग प्रत्येक्ष सम्पर्कमा रहने प्रहरीले सोमबार स्वास्थ्य परिक्षण गरेको हो ।
उसले विभिन्न समयमा जिल्ला प्रशासन कार्यालय रामेछापसंगै समन्वय गरि तपाईको मास्क खै कार्यक्रम पनि गर्दै आएको छ । आइतबार मात्रै जिल्ला प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीसहितको उपस्थितिमा सदरमुकाम मन्थलीमा तपाईको मास्क खै कार्यक्रम गरेको थियो ।

