युवा नेतृ एवं ‘मोडल’ सन्ध्या ‘सानु’ ले गरिन् कांग्रेस पदेश सभा ‘क’ बाट उम्मेद्वारी दर्ता

| भदौ १७, २०७९ शुक्रबार

सन्ध्या घताने ।
A A A
A A A

१७ भदौ,रामेछाप । युवा नेतृ एवं ‘मोडल’ सन्ध्या घताने (सानु) ले नेपाली कांग्रेस पदेश सभा ‘क’ बाट प्रदेश प्रतिनिधिको लागि उम्मेद्वरी दिएकी छिन् । 

 

समानुपतिक तर्फ दाबी गरेकी घतानेको नाम प्रदेश सभा सदस्यको लागि ‘क’ प्रदेशमा दर्ता भएको हो । १४ औं महाधिवेशनमा अत्याधिक मतसहित क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएकी घताने पछिल्लो समय राजनीतिमा संक्रिय छिन् । उनी कांग्रेसको गत निर्वाचनमा कला तथा प्रचार, प्रसार विभागमा समेत जिम्मेवारी पाएकी थिइन् । समानुपातिकमा एकल दलित महिला घतानेको नाम मात्रै परेको हो । उनी केन्द्रमा पनि पहुँच राख्छिन् । 

 

पूराना नेताहरुबाट विकास र समृद्ध सम्भवन नभएको दाबी गर्दै नयाँ पुस्ताले ठाउँ पाउनु पर्नेमा जोड् उनको छ । युवाहरुको पछिल्लो पुस्ताले राजनीतिको नेतृत्व गर्नु पर्ने र विकास, समृद्धि अगाडि बढाउनु पर्नेमा उनले जोड् दिइन् । अहिले प्रदेश सभा ‘क’ मा  घतानेसहित समानुपातिकमा १५ जनाको नाम दर्ता भएको छ ।

 

 त्यस्तै प्रत्यक्ष तर्फ १९ जना गरि कूल ३५ जना आकाक्षिहरु देखिएका छन् । 

 

आज क्षेत्र नं १ अर्थात प्रदेश सभा ‘क’ को बैठक बस्ने र सो बैठकले परेका उम्मेद्वारीहरुलाई केहीलाई संशोधन गरेर भोली शनिबार जिल्ला कार्यसमितिलाई बुझआउने क्षेत्रिय सभापति निरोज खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए ।