कांग्रेस रामेछापबाट यी ६४ जनाले प्रदेश सभा ‘क’ र ‘ख’ मा दाबी गरे (नामावलीसहित)
क र ख का सभापतिहरु निरोज खड्का र राजेशकुमार श्रेष्ठ ।
१६ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापमा आउँदो निर्वाचनमा उम्मेद्वारका आकांक्षित ५ दर्जन नाघेका छन् । दुई प्रदेश सभाले खुल्ला गरेको प्रदेश सभा सदस्यको आवेदनको लागि बिहिवार साँझसम्म कूल ६४ जनाको आवेदन परेको कांग्रेस रामेछापले जनाएको छ ।
जसअनुसार प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ १९ जना र समानुपातिक तर्फ १५ जनाले उमेरद्वारीको लागि दावी पेश गरेको प्रदेश सभा ‘क’ का सभापती निरोज खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार प्रदेश ‘क’ मा कूल ३५ जनाको उम्मेद्वारी परेको हो ।
उनले भने ‘यो स्वभाविक हो । ‘क’ मा यतीका आकाक्षि हुुनु सकरात्मक रुपमा लिएका छौं । हामी प्राप्त नामवलीको बिषयमा भोली कार्यसमितिमा छलफल गरेर पठाउने छौं ।’ सभापति खड्काका अनुसार आजका आकांक्षिमा केही संशोधन गरेर जिल्ला कार्यसमितिलाई बुझाउने प्रदेश ‘क’ को तयारी छ ।
कांग्रेसले यसअगाडी नै जिल्ला कार्यसमितिलाई आकांक्षिहरुको नाम लिस्ट पठाउने मिति तोकिसकेको छ । साथै पार्टी प्रदेशबाट एक महिलासहित ३–३ जनाको मात्रै नाम पठाउन भनेको थियो । तर,आकांक्षि धेरै हुदाँ सबैको नाम जिल्लामा पठाउने प्रदेशहरुले तयारी गरेको नेताहरु बताउछन् ।
'एकजनाको नाम काट्दा विवाद् हुन सक्छ । त्यसैले माथि पठाउने तयारी हो, सबै हुदैनन् भन्ने स्पष्टै छ ।' यसरी हेर्नेहो भने प्रदेश ‘क’ मा गठबन्धन भयो भने कांग्रेसको भागमा पर्छ कि पर्दैन, त्यो पनि अन्यौल्मै रहेको देखिन्छ । तर, नेताहरु उम्मेद्वारका आकांक्षिहरु भने सबै जसो देखिएका छन् ।
कांग्रेस जिल्ला कार्यसमितिको बैठक आउँदो १८ गते शनिबार बस्दै छ ।
त्यस्तै प्रदेश ‘ख’ मा पनि आकांक्षिहरु २९ जना देखिएका छन् । प्रत्यक्ष तर्फ १४ र समानुपातिक तर्फ १६ जनाले गरि २९ जनाले दावी गरेको सभापती श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘स्वाभाविक हो । आकांक्षित हुन पाइन्छ । हामी छलफल गरेर यसबारे निर्णय गर्छौं सभापति श्रेष्ठले भने ।’
उम्मेद्वारहरुको नाम हेर्नुहोस्
प्रदेश 'क'
- निरोज खड्का,
- आङ्देण्डी शेर्पा,
- उज्वलराम घिमिरे,
- केदार बिक्रम खड्का,
- कृष्णबहादरु महत,
- गजेन्द्र कार्की
- झपडराज भण्डारी
- दीपक खड्का
- नरबहादुर थापामगर
- भिमशेन बस्नेत
- युवराज भट्टराई
- भोजराज खड्का
- महेश कुमार कार्की
- रत्नबहादुर कार्की
- रमेश खड्का
- रामकृष्ण खड्का
- लेखबहादुर कार्की
- शम्भु प्रसाद घिमिरे
- सुभास चन्द्र महत
समानुपातिक तर्फ
- अन्जु अधिकारी
- उर्मीला कार्की
- कल्पना खड्का
- कुमारी हायू
- केदार बहादुर कार्की,
- गेल्जे शेर्पा
- जमुना कार्की
- ज्योती सुनुवार
- ध्रुब मगराती
- बासुदेव कार्की
- बिमल वाग्ले
- लिला सुनुवार
- शिव श्रेष्ठ
- सिर्जना खड्का
- सन्ध्या घताने
प्रदेश 'ख' तर्फ
- अर्जुन कुमार केसी
- केशव प्रसाद चालिसे
- जितबाहदुर मगर
- टिकाराज आरण
- डिकबहादुर तामाङ
- ध्रुबहरि ढुङ्गेल
- ध्रुबराज लामा
- नारायणबहादुर खड्का
- भरतप्रसाद चौलागाई
- भुवनकुमार खड्का
- राजनारायण श्रेष्ठ
- रत्नहारि ढुङ्गेल
- बिरबहादुर तामाङ
- केदार बहादुर केसी
समानुपातिक तर्फ
- उत्मश्री मोक्तान
- कृष्णकुमार घिसिङ् तामाङ
- गंगाकुमारी अधिकारी
- चन्द्रकुमार वाइबा
- जितेन्द्र कुमार मोक्तान
- झनक बहादुर श्रेष्ठ
- ढालबहादुर खपाङ्गी मगर
- मिनाकुमारी कार्की
- रविनकुमार लामा
- रामकुमारी डांगी
- बलबाहदुर परियार
- बिनिता खड्का
- सकुन्तला त्रिपाठी
- सरदकुमार तामाङ
- ज्ञानु श्रेष्ठ
- निर्माण माझी
स्रोत कांग्रेस दुई क्षेत्रिय सभापतिहरु
