५८ औं राष्ट्रिय बाल दिवसः मन्थलीमा ‘सडक नाटक, निबन्ध लेखन र अन्तरक्रिया’
१६ भदौ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले ‘राष्ट्रिय बाल दिवस’ विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । बुधबार नगरपालिकाले सरोकारवालासंग बाल दिवस तयारी बारे छलफल गर्दै जनचेतना मूलक र प्रभावकारी कार्यक्रम गरि माउने निर्णय गरेको हो ।
छलफलले आउँदो भदौ २९ गते ‘सडक नाटक र निबन्ध लेखन’ कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको छ । बालबालिकामा विशेष गरी सामान्य अधिकारको विषयमा विद्यालय शिक्षालेनै जानकारी हुनै भन्दै उनीहरु भित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने ध्येका साथ निबन्ध लेखन प्रतियोगिता गर्नु राम्रो हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले
प्रस्ताव गरेका थिए । बालबालिकामा लुकेर रहेको क्षमता बाहिर ल्यान निबन्ध लेखनले भूमिका खेल्ने उनको भनाई छ । सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
नगरभित्रका कक्षा ६ देखि १२ सम्मका बालबालिकाहरुले ‘बाल दुर्व्यवहार र दुरचार बिरुद्ध सरोकारवालको भुमिका’ विषयमा निबन्ध लेख्नु पर्ने छ । यसको लागि पहिलो चरणमा विद्यालयले सोही विषयमा निबन्ध लेख्न लगाउने र त्यहाँबाट छनोट् भएर नगरपालिकामा आएकाहरुले तत्काल यहीँ निबन्ध लेख्नु पर्ने निर्णय गरिएको छ । यसले विद्यार्थीको मूल्याङ्कनको लागि सही भूमिका खेल्न दाबी गरिएको छ ।
त्यस्तै नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले सडक नाटकले बालबालिकासहित नाटक हेर्नेहरुमा समेत सचेतना ल्यान भूमिका खेल्ने दाबी गरिन् । सोही अनुसार छलफलले नगरका विभिन्न छुट्टाछुटै स्थान, मानिसको उपस्थिति बाक्लो हुने चोक, अस्पतालहरुमा बालबालिकाका विभिन्न विषय वस्तुलाई समेटेर सडक नाटक गर्ने निर्णय गरिएको छ । जसको तयारीको लागि मन्थली नगरबाल संजाललाई जिम्मेवारी दिएको छ ।
विगतमा र्याली र प्रर्दशन मन्थली बजारको देवकोटा चोकदेखि कटहरको बोटसम्म मात्रै हुदै आएको भन्दै अब त्यो प्रर्था अन्त्य हुनु पर्नेमा सरोकारवालाले जोड् दिए । उक्त कार्यक्रमको उपलब्धि मूलक नभएको भन्दै देखाउने काम मात्रै भएको निष्कर्श सुनाए । सचेतना मूलक कार्यक्रमलाई गाउँ–गाउँसम्म पुर्याउनु पर्नेमा जोड् दिदै सहर केन्द्रित नाराबाजी, प्रर्दशनको फाइदा नरहेको प्याब्सनका जिल्ला अध्यक्ष केशव तिम्लशिनाले जोड् दिए । उनले कार्यक्रम बिकेन्द्रिकरण हुनु पर्ने भन्दै जसको लागि कार्यक्रम तय भएका छन् उनीहरुले अनुभुती र सहभागिता हुनु पर्नेमा जोड् दिए ।
