२७ गते मन्थलीमा राप्रपाको विशाल सभाः लिङ्देल, शाही र रेखा थापासहितका केन्द्रिय नेताले सम्बोधन गर्ने
१५ भदौ, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शिर्ष नेताहरुले रामेछापको सदरमुकाम मन्थलीमा विशाल सभाको बीच सम्बोधन गर्ने भएका छन् ।
आउँदो २७ गते सोमबार जिल्ला समन्वय समितिमा एक विशाल पार्टी प्रवेश एव जिल्ला भेलाको कार्यक्रमको आयोजना गरि पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देल, प्रवक्ता ज्ञानेन्द्र शाही र अभिनेतृ एवं (राप्रपा) की नेतृ रेखा थापा लगाएतका नेताहरुले सम्बोधन गर्ने पार्टीका केन्द्रिय सदस्य सिताराम ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘२७ गते पार्टी प्रवेश एवं विशाल जिल्ला भेला हुदैछ । सम्बोधन गर्ने पार्टी अध्यक्ष, प्रवक्ता र रेखा थापासहित नेताहरु जिल्ला आउने छन् उनले भने ।’
यो कार्यक्रममा जिल्लामा कांग्रेस र एमालेसहितका दल परित्याग गरि (राप्रपा) मा ठूलो जमात प्रवेश गर्ने पनि उनले बताए । साथै आउँदो संघ र प्रदेश सभा सदस्यको लागि उम्मेद्वरी घोषणा पनि हुने उनले जानकारी दिए ।
