लिखु तामाकोशी गाउँपालिकाले शव वहान खरिद् गर्ने र महिलाहरुको लागि निःशूल्क एम्बुलेन्स संचालन गर्ने निर्णय गर्यो

| जेठ १८, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

१८ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठकले निःशूल्क एम्बुलेन्स संचालन गर्ने र शव वहान खरिद गर्ने निर्णय गरेको छ । 

 

गत सोमबार बसेको कार्यपालिका बैठकले गाउँपालिकामा सुत्केरी र गर्भवती महिलाहरुको लागि निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत नविनकुमार शाहले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 


उनका अनुसार गाउँपालिकाभरि संचालन गर्ने गरि शव बहान खरिद गर्ने पनि निर्णय गरिएको छ ।  विगतमै निर्णय भएको उक्त शववहान खरिदको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने शाहले बताए ।