प्रथम रामेछाप फुटबल लिग २०७८ को उपाधि न्यूस्टार युवा कल्बलाई (भिडिओसहित)
फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
२६ मंसिर,रामेछाप । प्रथम रामेछापको फुटबल लिग २०७८ को उपाधि न्यू स्टार युवा कल्बले जितेको छ । उसले नगद एक लाख १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हाँसिल गरेको छ ।
गत बिहिबारदेखि सुरु भएको प्रथम रामेछाप फुटबल लिग तीन दिनसम्म खेलाईने भनिए पनि एक दिन थप भएर आज आइतवार सम्म लम्बिएको थियो ।
आज बिहान २ खेल खेलाइएको थियो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । १२ टिम सहभागी प्रतियोगितामा मन्थली सास्कृति युवा समाज दोस्रो भएको छ । उसले नगद ७५ हजार एक सय ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
अन्तिम तृतिय र चौथो स्थानको लागि भएको प्रतिस्पर्धामा दीप शिखा ब्वाई यूनाईटेडले शान्ति दिप युवा कल्बलाई ५–० ले हराएको थियो ।
दिपशिखाले ५ गोल हानेको हो । सान्त्वना बनेको टिमले नगद २० हजार पुरस्कार पाएको छ ।
