एमाले मन्थली नगर कमिटी अध्यक्षमा रामबाबु घिमिरे
फाइल फोटो
१० कातिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मन्थली नगर कमिटीको अध्यक्षमा रामबाबु घिमिरे चयन भएका छन् ।
बुधबार घिमिरेलाई नगर कमिटी अध्यक्षमा सर्वसहमत चयन गरेको हो ।
अध्यक्षसहित उपाध्यक्ष र सदस्य टुङ्गो लगेपनि सचिवमा सहमति हुन नसकेपछि भोटीङ् हुने भएको छ । दाबेदार सोनु रोका र राजु कार्कीले सचिव पदमा दाबी गरेका छन् ।
जसको लागि अहिले छलफल चलिरहेको स्रोतको दाबी छ ।
एमाले रामेछापको हिजो मंगलबार पालिका अधिवेसन भएको थियो । जसमा मन्थलीमा हिजो भएको अधिवेशनमा अध्यक्ष टुङ्गो लागेको थिएन ।
अध्यक्षका दुई दाबेदारहरुले अध्यक्ष पदको दाबी नछोडेपछि हिजोको अधिवेशन आजको सम्म लम्बिएको थियो । हिजो एमाले रामेछापको मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिका बाहेक सबैमा नयाँ नेतृत्व बनेको छ ।
