रामेछापमा तरूण दलले गर्यो आफ्नो स्थापना दिवसमा रक्तदान
फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
१० कातिक,रामेछाप । नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा रामेछापमा तरुण रामेछापले रक्तदान गरेको छ ।
जिल्लामा रगतको अभावमा कसैले दुःख खेप्न नपरेस् भन्ने उद्देश्यले विशेष अवसर पारेर रक्तदान गरेको तरण दलका सचिव जिवन कार्कीले रामेछाप टाइम्सलाई बताए ।

पछिल्लो समय जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले रगत अभाव झेल्दै छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा तरूण दल रामेछापले बेला बेलामा रक्तदान गर्दै आएको छ ।

बुधबार आज भएको रक्तदान कार्यक्रममा ३८ जनाले रगतदान गरेका छन् ।
तरक्तदान कार्यक्रममा तरुणदल रामेछापका पदाधिकारीहरु, नेपाली काँग्रेसका पदाधिकारीहरु, भातृसंस्थाका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, जिल्ला स्थित अन्य नागरिकहरु र पत्रकारहरुको समेत उपस्थिती रहेको नेपाल थियो ।
