रामेछापबाट बिषाधि सेवान गरि घाइते महिललाई काठमाडौं पठाइयो

| साउन ६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

६ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछाले विषाधि सेवान गरि गम्भिर घाइते भएकी एक महिलाको उद्धार गरिएको छ ।

 

मंगलबार रामेछापको रामेछाप नगरपालिका वडा नं ४ खुसीनी डांडा बस्ने चेत बहादुर आले मगरको ४८ वर्षीय श्रीमती  हिक माया आले मगरले आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरेकी थिइन् ।

 

उनी छट्पट्याई रहेको अबस्थामा उनका श्रीमानले देखी उपचारको लागि जिल्ला अस्पताल रामेछाप ल्याइ सामान्य उपचार पश्चात थप उपचारको लागि पाटन अस्पताल काठमाण्डौ तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 


जिल्ला अस्पतामा उपचार पछि उनी सामान्य बोल्न सक्ने  बनेकी थिइन् । 
 

रामेछाप टाइम्स
| बैशाख १५, २०८३ मंगलबार