आज काँग्रेस रामेछापले अधिकाशं वडामा ‘वडा सम्मेलन’ गर्दै, नेता वडा–वडामा

| जेठ २७, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

२७ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापले (आज) शनिवार ६० प्रतिशत वडामा वडा सम्मेलन गर्दै छ । जिल्लामा ६४ वटा वडा छन् । तर, कतिपय वडामा पार्टीका सभापति नरहेको र कतिपय वडाले केही दिन अगाडि नै गरी सकेकाले आज ६० प्रतिशत वडामा एकै पटक वडा सम्मेलन हुने पार्टी सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘आज ६० प्रतिशत वडामा हुँदै छ । केही वडाले सकी सकेका छन् । कुनै वडामा सभापति छैन ।’ 

 

यही मङ्गलवार ३० गते र बुधवार हुन लागेको वृहत् जिल्ला अगाडि वडाहरूले वडा सम्मेलन गर्न लागेका हुन् । यसको लागि काँग्रेस रामेछापले जिल्ला कार्यसमितिबाट १ वा २ जना र प्रदेश सभा क्षेत्रीय समितिले १ वा २ जना प्रतिनिधि खटाएको छ । त्यसको लागि प्रतिनिधिहरू अहिले वडा–वडामा पुगी सकेका छन् । 

११ हजार १ सय ९८ जना क्रियाशील सदस्य रहेको काँग्रेस रामेछाप रामेछापमा गत निर्वाचनमा सबै भन्दा धेरै भोट पाएर पहिलो दल बनेको छ । 

 

निर्वाचनपछि र पार्टीको पछिल्लो जिल्ला अधिवेशन पछि काँग्रेसले पहिलो पटक जिल्ला सम्मेलन गर्न लागेको हो । यसले पार्टीको तल्लो तहमा सङ्गठन कस्तो छ भन्ने मूल्याङ्कन गर्ने र सङ्गठनलाई चुस्त, दुरुस्त राख्न भूमिका खेल्न सचिव खड्काले बताए ।

 

वडा सम्मेलन सकेर जिल्लामा हुन लागेको वृहत् सम्मेलनलाई सम्बोधन गर्न पार्टी केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे आउने सचिव खड्काले जानकारी दिए । त्यसको लागि तयारी विभिन्न उपसमितिले गरिरहेको उनले बताए । 

 

यसैबिच पार्टी प्रदेश सभा २ (ख) का सभापति राजेशकुमार श्रेष्ठले आज अधिकांस वडामा एकै पटक वडा सम्मेलन सम्पन्न हुने बताएका छन् । उनले १/२ वटा वडामा सम्पन्न भएका बाहेक सबैमा वडा सम्मेलन हुने बताएका हुन् । उनले सभापति नभएका वडाहरुमा पनि सम्मेलन हुने स्पष्ट पारे । 

 

नोटः यसअगाडि हेड्लाइनमा अन्यथा भएकोमा सच्याइएको छ ।