अत्याधिक गर्मी बढेपछि मन्थलीकाे तामाकोशी र लिटिल स्टार बाेर्डिङ स्कुल ५ दिन बन्द

| जेठ २६, २०८० शुक्रबार

तामाकाेशी बाेर्डिङ स्कुल, तस्बिर फाइल
A A A
A A A

२६ जेठ, रामेछाप । अत्यधिक गर्मी  बढेपछि मन्थलीको तामाकोसी र लिटिल स्टार बोर्डिङ स्कुलले बिदा दिएका छन् । हिउँदे बिदाबाट कटौती हुने गरी आइतबारदेखि लागू हुने गरी ५ दिन बिदा दिएको विद्यलयहरुले छुट्टा-छुट्टै सूचनामार्फत जानकारी दिएका हुन् । 

 


तामाकाेशी विद्यालयका प्रधानाध्यापक दीपक खड्का र लिटिल स्टारका सहायक प्रधानाध्यापकले हस्ताक्षर गरी पर्सी आइतबारदेखि लागू हुने गरी ५ दिन बिदा दिएको उल्लेख गरेका हुन् । 

 

 

मन्थली नगरपालिकाकाे शिक्षा शाखा र (प्याबसन) रामेछापको समेत निर्णयपछि विद्यालय बन्द गरिएको सूचनामा उल्लेख छ।