एस रामेछापको जन वर्गीय सङ्गठनहरूको संयुक्त भेलाः नेतृ पन्तले भनिन् ‘नेपालको राष्ट्रिय राजनीति अहिले ठिक ‘ट्याकमा’ आएको छ’
२५ चैत, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी (एस) की पोलिट ब्यूरो सदस्य दीलु कुमारी पन्तले नेपालको राष्ट्रिय राजनीति अहिले ठिक ढङ्गाले सञ्चालन भइएको बताएकी छन् ।
शनिवार आज नेकपा एकीकृत समाजवादी पार्टी (एस) रामेछापको जिल्ला स्तरीय जन वर्गीय सङ्गठनहरूको संयुक्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई मन्थलीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
नेतृ पन्त आफ्नो पार्टी समेत सामेल भएको गठबन्धनको सरकार अहिले ठिक ढङ्गले गठन भयसँगै अब सरकारले गर्ने कामले गति लिने उनको भनाई छ। फरक प्रसङ्गमा बोल्दै प्रमुख अतिथि समेत रहेकी पन्तले अब पार्टीको सम्पूर्ण शक्ति सङ्गठन विस्तारमा केन्द्रित हुने बताइन् ।
कार्यक्रममा बोल्दै पार्टी पोलिट् ब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज देवशंकर पौडेलले जिल्लाका गाउँ–गाउँमा पार्टीको सङ्गठन विस्तार तथा प्रशिक्षण लिएर जाने जानकारी गराए । उनले रामेछापमा पार्टीलाई थप सङ्गठित र व्यवस्थित गर्न नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
त्यस्तै केन्द्रीय सदस्य शान्ता पौडेलले जन वर्गीय सङ्गठनहरूको विस्तार गर्दै पार्टीलाई थप सुदृढ गर्ने बताइन् । सोही कार्यक्रम बोल्दै जिल्ला अध्यक्ष रमेश कुमार बस्नेतले पार्टीको जिल्ला अधिवेशनसँगै गाउँ तहसम्म सङ्गठन विस्तारको योजना रहेको जानकारी गराए ।
सोही कार्यक्रममा भूपू सैनिक सङ्गठन, समाजवादी प्रेस सङ्गठन नेपाल, समाजवादी सहकारी सङ्गठन, युवा संघ, आदिवासी जनजाति महासङ्घ, किसान सङ्गठन गठन गरिएको छ । भने, अखिल नेपाल महिला संघको कमिटी पुनर् गठन गरिएको छ ।
