नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्षमा रामेछापका खड्का
१८ चैत, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्षमा रामेछापका पशुपति बहादुर खड्का निर्वाचित भएका छन् ।
रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका खड्कालाई शुक्रवार सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा चयन गरेको खड्काले रामेछाप टाइम्सलाई बताए । ‘यसअगाडि महासंघक केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य हुँदै २ वर्ष तदर्थ समितिमा बसेर काम गरे । त्यसको म, संयोजक थियो । अहिले प्रथम अधिवेशनले मलाई अध्यक्षको जिम्मेवारी दियो ।’
खड्काका अनुसार उनको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन भएको हो । उनको कार्यसमितिमा १३ जिल्लाका इन्चार्ज र जिल्ला अध्यक्ष रहने छन् । लामो समयदेखि एमाले पार्टीको विभिन्न तहमा रहेका काम गरेर अनुभवी खड्का देशको आर्थिक क्षेत्र सङ्कुचित बनेका बेला १३ जिल्लाका पार्टी निकट व्यवसायीहरूको नेतृत्व तहमा पुगेका हुन् ।
