स्ववियु निर्वाचन : ५१४ मत खस्याे, मतगणना ५ बजेबाट
५ चैत, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा मतदान सम्पन्न भएको छ । आज भएको स्ववियु निर्वाचनमा यो समाचार कुल ७०३ मतमा ५१४ मत ७३.१२ प्रतिशत मत खसेको निर्वाचन अधिकृत रीता दाहालले रामेछाप टाइम्सलाई जानकारी दिइन् । उनका अनुसार १६५ छात्र र ३४९ छात्राले मतदान गरेका हुन् ।
आइतबार बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा यहाँ मतदान भएको हो । यहाँ गठबन्धन र एमाले निकट विद्यार्थी बिच प्रतिस्पर्धा देखिएको छ ।
कार्की स्नातक तह मानविकी सङ्काय दोस्रो वर्षमा अध्ययनरत नेपाल विद्यार्थी संघ (नेविसंघ) का अविनाश कार्कीको नेतृत्वमा नेपाली काँग्रेस निकट नेविसंघ), नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) र एकीकृत समाजवादी पार्टी(एस) निकट अनेरास्ववियू तालमेल सहित चुनावी मैदानमा छन् ।
जसअनुसार आजै साँझ ५ बजे सर्वदलीय बैठक पछि मतगणना सुरु हुने र राति १०/११ बजे नतिजा समेत घोषणा हुने दाहालले बताइन् ।
