उद्योग वाणिज्य संघको मतगणना जारीः धेरै पदमा अध्यक्ष सहित गठबन्धनको अग्रता, महासचिवमा उदासले १३ मतले लिए अग्रता (सूचीसहित)

| फागुन २८, २०७९ आइतबार

फाइल फोटो ।
A A A
A A A

२८ फागुन,रामेछाप । गए राति करिब ९ बजेदेखि सुरु भएको रामेछाप उद्योग वाणिज्य संघको मतगणना जारी छ । हाल सम्म गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । मतदान शनिवार भएको हो । 

 

यो समाचार तयार पार्दा सम्म ताजा मत परिणाम अनुसार अध्यक्षमा गठबन्धन तर्फका नवीन कुमार थापा मगरले अग्रता जारी राखेका छन् । ६ सय मत गणना सकिँदा सम्म निरन्तर अग्रता लिएका थापा मगरले उनका निकटतम प्रतिस्पर्धी एमाले निकट नवराज ढुङ्गेल भन्दा ९३ मतले अगाडि छन् । १३ सय ८७ मा १२ सय ५३ मत खसेको छ । जसमा ५ सय गणना हुँदा थापा मगरको ३३५ मत पाउँदा ढुङ्गेलले २४२ मत पाएका छन् । 

 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा गठबन्धनका प्रकाश कुमार श्रेष्ठले ३०५ मत पाउँदा उनका प्रतिस्पर्धी सुमिका श्रेष्ठले २६२ मत पाएकी छन् । 

 

त्यस्तै वाणिज्य उपाध्यक्षमा गठबन्धनका सुदिश साहाले ३१९ मत पाउँदा उनका प्रतिस्पर्धी रामहरि उप्रेती २३९ मत पाए । उद्योग उपाध्यक्षमा गठबन्धनका आकाश रिजाल ३१० मत पाउँदा उनका प्रतिद्वन्द्वी चन्द्र मानन्धर २४४ मत पाएका छन्  ।

 

१४ पदको लागि हुन लागेको निर्वाचनमा २८ जना उम्मेदवार मैदानमा छन् । जस अनुसार प्रतिस्पर्धी रूपमा लिएको महासचिव पदको लागि एमाले निकट व्यवसायीको तर्फका उम्मेदवार सुरेश उदासले २८८ मत पाएका भने गठबन्धनका साझा उम्मेदवार कुमार श्रेष्ठ मत २७५ मत मात्रै पाएका छन् । महासचिवमा भने उदासले १३ मते अग्रता बनाएका छन् । 

 

मतगणना संघको मन्थली स्थित सचिवालयमा जारी छ । 

 

कसले कति मत पाए हेर्नुहोस्