एमाले निटक अनेरास्ववियुले भट्टराईलाई अध्यक्ष र थापालाई सचिव बनाउँदै दर्ता गर्यो उम्मेद्वारी
२६ फागुन, रामेछाप । एमाले निटक विद्यार्थी संगठन (अनेरास्ववियु) ले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा हुने लागेको स्ववियु निर्वाचनमा पुष्कर भट्टराईको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ ।
आज शनिवार एमाले जिल्ला अध्यक्ष एवं प्रदेश सांसद् आनन्द श्रेष्ठ सहित क्याम्पस पुगेको अनेरास्ववियुको टिमले भट्टराईले सभापति, शुसिल थापालई सचिव, कोषाध्यक्षमा बिनिता श्रेष्ठको उम्मेद्वारी दर्ता गरेको हो ।
त्यस्तै अनिल श्रेष्ठ, अनिषा घिमिरे, रविन श्रेष्ठ, सुदिप कार्की र सोमहरि घिमिरेलाई सदस्यको उम्मेद्वार बनाइएको अध्यक्षका उम्मेद्वार भट्टराईले रामेछाप टाइम्सलाइ बताए ।
यसअगाडि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) रामेछापले अभिनाश कार्कीको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
क्याम्पसमा चुनावमा भाग लिनको लागि ४ विद्यार्थी संगठनले दल दर्ता गरेका छन् ।
