रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षको लागि ३ जनाको उम्मेदवारी दर्ता, कसको टिममा को ? (सूचीसहित)

| फागुन १९, २०७९ शुक्रबार

A A A
A A A

१९ फागुन, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नेतृत्वको लागि स्वतन्त्र सहित ३ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र मिलेर बनेको गठबन्धन टिम र नेकपा एमाले र एक स्वतन्त्र सहित तीन जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका हुन् । 

 

जसमा गठबन्धनको तर्फबाट केही दिन अगाडि मात्रै  नेपाली काँग्रेस प्रवेश गरेका नवीन थापामगरको नेतृत्वमा प्यानलले उम्मेदवारी दर्ता गरेको छ । भने, नेकपा एमालेको तर्फबाट नवराज ढुङ्गेलको उम्मेदवारी दर्ता गरेको हुन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवारको रूपमा वर्तमान अध्यक्ष केशवप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् । 

 

गठबन्धन टिमको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार थापामगर यसअगाडिका वरिष्ठ उपाध्यक्ष हुन् भने, ढुङ्गेल महासचिव हुन् । 

 

जसअनुसार गठबन्धन गरेर उम्मेदवारी दिएका लोकतान्त्रिक टिममा अध्यक्ष थापामगर, वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, उद्योग उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा राम शुदिश शाह (सुदिश) रहेका छन् । 

गठबन्धनको टिमको नामावली

त्यस्तै महासचिवमा भने एमाले निकट मानिने कुमार श्रेष्ठलाई गठबन्धनले साथ लिँदै साझा उम्मेदवारको रूपमा अगाडि सारेको छ । सचिवमा यज्ञ प्रसाद सुवेदी, कोषाध्यक्षमा झनक बहादुर बुढाथोकी (उत्तम) रहेका छन् । 

 

त्यस्तै आजीवन सदस्यमा प्रमोदकुमार श्रेष्ठ, महिला सदस्यमा जया सुवेदी र खुल्ला सदस्यमा वासुदेव फुयाँल, अरबिन श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, रहेराम क्षेत्री र राजु श्रेष्ठ (बिजय) रहेको सदस्यका उम्मेदवार बासु फुयाँलले रामेछाप टाइम्सलाई बताए । 

 

फुयाँलका अनुसार नेपाली काँग्रेसले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, सचिव, आजीवन सदस्य र दुई जना खुल्ला सदस्य लिएर गठबन्धन गरेको हो । त्यस्तै माओवादीले उद्योग उपाध्यक्ष, कोषाध्यक्ष र दुई सदस्य लिएको हो । 

 

उता ढुङ्गेलको अध्यक्षमा वरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा रामहरि उप्रेती, उद्योग उपाध्यक्षमा चन्द्र मानन्धर, महासचिवमा सुरेश उदाशको उम्मेदवारी दर्ता भएको अध्यक्ष पदका उम्मेदवार ढुङ्गेलले रामेछाप टाइम्सलाई बताए । 

 

त्यस्तै सचिवमा राजु थापा, कोषाध्यक्षमा सरोज तामाङ, आजीवन सदस्यमा किशोर पौडेल, महिला सदस्यमा लक्ष्मी श्रेष्ठ उम्मेदवार हुन्  ।

 

त्यस्तै सदस्यहरूमा सन्तोष कठवनीय, रवीन्द्र श्रेष्ठ, कृष्ण गहतराज, रुद्र श्रेष्ठ र देवशंकर कठायत रहेका छन् । यद्दयपी संघको निर्वाचन समितिले यो नामावलीमा विवरण हेरेर अहिले साँझ ५ बजे अन्तिम नामावली प्रकाशनको तयारी गरिरहेको छ । 

 

संघको निर्वाचन आउँदो फागुन २७ गते मतदान हुँदै छ । सङ्घमा १३ सय ८७ जना मतदाता रहेका छन् । करिब ९० प्रतिशत मत खस्ने दाबी गरिएको छ । यसैबिच नेपाली काँग्रेस र माओवादी निकट टिमले केही बेरमा पत्रकार सम्मेलन गरेर निर्वाचन सम्बन्धमा जानकारी दिने तयारी रहेको रामेछाप टाइम्सलाई जानकारी प्राप्त भएको छ ।