मन्थली सहिद स्मृति क्याम्पसमा पनि चैत ५ मै स्ववियु निर्वाचन गर्ने निर्णय, यी हुन् विद्यार्थी संगठनबाट सभापतिको आकांक्षीहरू ?

| फागुन ११, २०७९ बिहिबार

A A A
A A A

११ फागुन, रामेछाप । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने तालिका प्रकाशन भएपछि त्रिवि अन्तर्गतका क्याम्पसहरूमा निर्वाचनको माहौल तातेको छ । योसँगै रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा रहेको त्रिवि अन्तर्गतको स्ववियु निर्वाचन हुने एक मात्रै क्याम्पस मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा पनि निर्वाचनले माहौल तताएको छ । 

 

स्नातक तहदेखि मास्टर सम्मका विद्यार्थीहरू अध्ययनरत मन्थली सहिद स्मृति क्याम्पसमा विशेष गरी प्रमुख तीन दल निकट विद्यार्थी सङ्गठनहरू सक्रिय देखिन्छन् । जसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), एमाले निकट निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र युनियन (अनेरास्वियु) र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) रहेका छन् । 

 

यी नै प्रमुख तीन दल निकट विद्यार्थी सङ्घबिच स्ववियुको नेतृत्वको लागि प्रतिस्पर्धा हुने लागेको हो । जसमा सबै दल निकट विद्यार्थीले नेतृत्वको लागि दाबी गरेका छन् । यस अगाडि एमाले निकट विद्यार्थी संघको नेतृत्व रहेको थियो । तर, अध्यक्षमा निर्वाचित कपिल मगरले यहाँ बसेर काम नगर्दा क्याम्पसमा विद्यार्थी संगठनको संघ सुस्त छ । अध्यक्षमा नेविसंघका सुन्दर घिमिरेलाई पराजित गर्दै निर्वाचित भएका मगर केही समय पछि बेपत्ता छन् । 

 

सोही अनुसार यो पटकको निर्वाचनले नयाँ र सक्रिय टिम निर्वाचित गराएर यहाँको विद्यार्थी संगठनलाई चलायमान बनाउनु पर्ने धेरैको अपेक्षा छ । 

 

बिहीबार क्याम्पस प्रमुख डाक्टर भरत कुमार श्रेष्ठ सहित क्याम्पस प्रशासन र स्ववियुमा प्रतिनिधित्व गर्ने सबै विद्यार्थी सङ्गठनबिच छलफल भएको क्याम्पस प्रमुख श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘छलफल भएको छ, अब त्रिविले जारी गरेको स्ववियु तालिका अनुसार नै अगाडि बढ्ने सर्व सहमतिको निर्णय भएको छ ।’ क्याम्पस प्रमुख डा. श्रेष्ठका अनुसार निर्वाचन तालिका अनुसार स्ववियु निर्वाचन गर्नको लागि विद्यार्थी सङ्गठनहरू सहमत देखिएका हुन् । 

क्याम्पस प्रशासनबिच भएको छलफलपछि विद्यार्थी संगठन र क्याम्पस प्रशासन समूही तस्बिर लिँदै । 

गत फागुन १० गते सम्म पहिलो वर्ष (‘फस्टइअर’ मा भर्ना भएकाहरूको हक) मा भर्ना भएकाले मतदान गर्न पाउने सहित स्नातक र स्नातकोत्तर तहका करिब आठ सय विद्यार्थीले चुनावमा भाग लिने क्याम्पसले जनाएको छ । ‘हामी डाटा तयार गर्दैछौं । अन्तिम निर्णय भने मतदाता नामावली सार्वजनिक भएपछि पुष्टि हुन्छ । यद्दयपी लगबग ८ सय जनाले मतदान गर्ने आङ्कलन छ, क्याम्पस प्रमुख डाक्टर श्रेष्ठले भने ।’ 

 

त्रिविको निर्णय अनुसार आउँदो फागुन १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नु पर्ने छ । ‘दोस्रो,  तेस्रो र मास्टर्स डिग्रीको लागि नामावली प्रकाशन पछि थाहा हुन्छ, तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।’

 

छलफलपछि रामेछाप टाइम्ससंग कुरा गर्दै स्ववियु सचिव विमल पौडेलले त्रिविकै निर्णय अनुसार चैत्र ५ गते नै निर्वाचन गर्ने निर्णय गरिएको बताए । ‘सहमतिमा केही दिन अगाडि पछाडि गर्न सकिन्थ्यो । तर, ५ गते नै गर्ने निर्णय भयो पौडेलले भने ।’

विमल पौडेल, स्ववियु सचिव

एमालेबाट तत्कालीन उपाध्यक्षमा सरिता खाती निर्वाचित भएकी थिइन् । भने, सचिवमा नेविसंघबाट विमल पौडेल निर्वाचित भएका थिए । संघको पनि निर्वाचन हुनु पर्छ भन्ने नै हो, हामी निर्वाचन सफल गर्न जुट्नु पर्छ पौडेलले थपे । निर्वाचन निजिकिदै जाँदा आकांक्षितहरु पनि देखिन थालेका छन् । 

 

नेविसंघबाट विमल पौडेल सहित क्याम्पस इकाई सभापति समेत रहेका युवराज थापामगर, पूर्व इकाई सभापति सन्तोष सुवेदी र अविनाश कार्कीले नेतृत्वको लागि दाबी गरेको रामेछाप टाइम्सलाई बताए । 

 

‘आकाङ्क्षी धेरै छन्, हामी मिलेर जाने हो । सङ्गठनमा छलफल हुन बाँकी छ, मैले आफ्नो ठाउँबाट उम्मेदवारी दिने घोषणा गरी सहेको छु । सोही अनुसार प्रचारप्रसार पनि थालेको छु नेतृत्व पदका दाबेदार सुवेदीले रामेछाप टाइम्सलाई भने ।’ थप छलफल गरेर को, केमा उठ्ने मिलेर जान्छौ उनले थपे । 

 

त्यस्तै एमाले निकट विद्यार्थी सङ्घबाट पनि तीन जना दाबेदार सङ्गठनमा औपचारिक छलफल भएको छैन । तर, केही साथीहरू आकाङ्क्षी छन् । त्यो देखिन्छ भन्दै जिल्ला कमिटी सचिव रहेका गत निर्वाचनमा सचिवमा पराजित पुष्कर भट्टराईले रामेछाप टाइम्ससंग भने ‘सुशील थापा क्याम्पस अध्यक्ष र नगर कमिटी डेनिस भण्डारी हुन् ।’

 

माओवादी निकट विद्यार्थी संघठनमा अनेरास्ववियु क्रान्तिकारीमा भने आकाक्षि धेरै देखिएका छन् । पार्टी निकट जिल्ला कमिटी सचिव सफल दाहालका अनुसार दाहालसँगै राजकुमार श्रेष्ठ, तेज बहादुर श्रेष्ठ, विनीता माझी र अनोज भुजेलले दाबेदार छन् । 

 

जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप स्थित गौरीशङ्कर बहुमुखी क्याम्पस, साघुटर क्याम्पस, लिखु तामाकोशी स्थित खिम्ती क्याम्पस, गोकुलगंगाको ठोसे, सुनापतिको बेथान, खाँडादेवीको पकरवास लगायत क्याम्पसहरू सञ्चालित छन् । तर, यी क्याम्पसमा विद्यार्थी सङ्गठन चलयाएमान् छैनन् ।