यी हुन् रामेछापबाट अनेरास्ववियुको केन्द्रीय पदाधिकारीमा निर्वाचितहरू
५ फागुन, रामेछाप । गए राति काठमाडौँमा भएको मतदानबाट नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय पदाधिकारीमा रामेछापबाट आठ जना विजयी भएका छन् ।
जिल्लाका तीन जनाले सचिव पदको लागि दर्ता गरेको उम्मेदवारीमा एक जना विजयी भएका हुन । अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट सचिवमा रामेछापका सुजन कडरिया निर्वाचित भएका हुन् । त्यस्तै संञ्चिव धिताल प्रकाश पौडेल, दीपेश प्रसाईँ, अञ्जना शिवाकोटी, आरती भट्टराई र विनीता काफ्ले सचिवमा निर्वाचित भएका छन् ।
रामेछापबाट स्थायी कमिटी सदस्यमा सागरहरि अधिकारी,विकास श्रेष्ठ, केन्द्रीय सदस्यमा टंक घतानी, सुस्मिता कार्की, तिलक घतानी निर्वाचित भएका छन् । त्यस्तै आङ्लाह्मु शेर्पा निर्विरोध चयन भएकी हुन् ।
अनेरास्ववियुको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । कूल १५ सय ८८ मत रहेको अनेरास्ववियुमा ८ सय भन्दा माथि मत खसेको बताइएको छ ।
