स्ववियु निर्वाचनको ‘समन्वय समिति’ सह–संयोजकमा रामेछापका उत्तम कुमार कार्की

| फागुन ३, २०७९ बुधबार

उत्तम कुमार कार्की, तस्बिर कार्कीको फेस्बुकबाट ।
A A A
A A A

३ फागुन, रामेछाप । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) रामेछापका युवा नेता उत्तम कार्की त्रिभुवन विश्वविद्यालयमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको ‘समन्वय समिति’को सह–संयोजकमा चयन भएका छन् । 

 

नेविसंघका संयोजक बिक्रमादित्य सिंह (गिरी) ले  नेपाल विद्यार्थी सङ्घका उम्मेदवारहरूलाई देशभरका क्याम्पसमा विजय गराउने समिति गठन गर्दै सह–संयोजकमा कार्कीलाई र धनकुटाकी करुणा कुवाललाई सह संयोजकको जिम्मेवारीमा तोकेका हुन् । 

 

मङ्गलवार एक पत्रमार्फत सबै जिल्लाका १–१ जना सदस्य सहितको समिति तोकेको नेविसंघले जारी गरेको पत्रमा उल्ले छ । 

 

कुन जिल्लाबाट के बने हेर्नुहोस् सूची ।