प्रेस चौतारी निकट पत्रकार घिसिङ नगद सहित सम्मानित
२१ माघ, रामेछाप । प्रेस चौतारी निकट पत्रकार युनिक बिफा घिसिङ नगद सहित सम्मानित भएका छन् । प्रेस चौतारी रामेछापले आज आइतबार आफ्नो २५ औँ स्थापना दिवसको अवसर पारेर निवर्तमान अध्यक्ष समेत रहेका घिसिङलाई पाँच हजार नगद, प्रमाणपत्र र दौशल्लाले सम्मानित गरेको हो ।
मन्थली नगरपालिकाको सभा हलमा आयोजित स्थापना दिवस कार्यक्रममा घिसिङलाई नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले घिसिङलाई नगद र प्रमाणपत्र प्रदान गरे ।
विगतका वर्षदेखि चौतारी निकट रहेर पत्रकारिता गर्दै आएका र पत्रकारितामा सक्रिय रहेकाहरूलाई सम्मान गर्दै आएको चौतारीले यो वर्ष घिसिङलाई सम्मानित गरेको सचिव निरोज थापाले बताए । कोही नदोहोरिने र कोही नछुट्ने गरी चौतारीले सम्मान गर्दै जाने उनले बताए ।
सम्मान पत्र ग्रहण गर्दै घिसिङले आफ्नो पत्रकारितालाई मूल्याङ्कन गरेर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा आफ्नो यात्रालाई थप हौसला प्रदान गरेको बताए ।
कार्यक्रममा पत्रकार महासङ्घ सहित नेपाल प्रेस युनियन, प्रेस सेन्टर, दलित पत्रकार सङ्घ, आदिवासी जनजाति पत्रकार सङ्घ लगायत एमाले निकट राजनीतिक दल र उसका भात संस्थाको उपस्थिति थियो ।
