विनोद बुढाथोकीले भने ‘हदै सम्मको लचकता अपनाउँछौँ, नेविसंघको गरिमा र ओज् मर्न दिन्न,चाँडै अधिवेशन हुन्छ (भिडिओसहित)

| पुस १६, २०७९ शनिबार

A A A
A A A

१६ पुस, रामेछाप । आन्तरिक विवादमा गिजोलिएको नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापका अध्यक्ष विनोद बुढाथोकीले सङ्गठनको मर्यादा विपरीत कुनै काम नगर्ने प्रतिबद्धता जनाएका छन् । 

 

 

नेविसंघ रामेछापमा अध्यक्षको जिम्मेवारीलाई लिएर विवाद चर्किएको छ । असन्तुष्ट  समूहले काठमाडौँमा र अध्यक्ष विनोद बुढाथोकीको टिमले रामेछापको मन्थलीमा (नेविसंघ) रामेछापको नाममा कार्यक्रम गरेका हुन् । 

४७ औँ मेलमिलाप दिवसको अवसरमा मन्थली स्थित बिपीको सालिकमा माल्यार्पण गर्दै बिपी चोकमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले भने ‘केही व्यक्तिहरूले, समूहले, प्रपञ्चमा, जालसाजीमा र आफ्नो स्वार्थ पूर्तिको निम्ति छुट्टै खालका समान्तर समिति गठन गरेर हिँड्ने काम भएको छ ।’

 

त्यो नितान्त केही व्यक्तिहरूको स्वार्थको लागि भएको उनको आरोप छ । उनले थप ‘म, कसैलाई काखा, कसैलाई पाखा गर्दिन, पक्षपात व्यवहार गर्दिन, नेविसंघको ओज र गरिमालाई कमजोर पार्न दिन्न ।

 

उनले केन्द्रीय समितिले तोकेर दिएको जिम्मेवारी पूरा गर्न केन्द्रित भएको उल्लेख गर्दै चाँडै जिल्ला अधिवेशन गर्ने प्रतिबद्धता जनाए । ‘बाहिर रहेका साथीहरूलाई पनि मन टुट्ने काम नगरी, मन जोड्ने काम गर्छु, असन्तुष्ट साथीहरूलाई एकै ठाउँमा आएर उचित जिम्मेवारी दिएर मिलेर काम गर्न तयार रहेको छु ।’

नेविसंघको नाममा अराजक काम गर्दै नेपाली काँग्रेस र नेविसंघलाई बदनाम पार्ने र व्यक्तिगत स्वार्थ पूरा गर्न केन्द्रित हुने काम नेविसंघ रामेछापलाई मान्य नहुने र त्यसो गरेमा चुप लागेर नबस्ने समेत चेतावनी दिए । 

 

हदै सम्मको लचकता अप्नाउनछ । त्यति गर्दा पनि भएन भने, टुलुटुलु हेरेर बस्दैन उनले भने । साथै उनले शनिवारै (आजै)  आधिकारिक जिल्ला कार्यसमिति (नेविसंघ) को बैठक बस्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल र निर्णय गर्ने बताए । 

 

नेविसंघको बैठक आज काँग्रेस पार्टी कार्यालय मन्थलीमा बस्ने अध्यक्ष बुढाथोकीले बताए । असन्तुष्ट समूहको कार्यक्रम काठमाडौँको एक होटेलमा जारी छ । 

 

भिडिओमा हेर्नुहोस् ।