नेविसंघ रामेछापले पायो पूर्णता, ३ उपाध्यक्ष, २ सचिव र ४ सहसचिव सहित २८ जना पदाधिकारी मनोनीत (नामावलीसहित)

| पुस ९, २०७९ शनिबार

A A A
A A A

९ पुस, रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले पूर्णता पाएको छ । 

 

गत असोज १७ गते केन्द्रीय अध्यक्ष दुजाङ् शेर्पाले पत्र मार्फत तत्कालीन जिल्ला अध्यक्ष सुशील अधिकारीलाई हटाएर विनोद बुढाथोकीलाई जिम्मेवारी दिएपछि रिक्त रहेको नेविसंघको पदाधिकारीले शुक्रवार पूर्णता पाएको नेविसंघ रामेछापले जनाएको छ। 

 

 

बुढाथोकीलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि (नेविसंघ) रामेछापमा विवाद देखिँदै आएको थियो । विवादित समूह र अध्यक्ष निकट दुबैलाई समेटेर जिल्ला कार्यसमितिलाई पूर्णता दिएपछि भने यो विवाद समाधान उन्मुख तिर गएको देखिएको छ । 

 

 

शुक्रवार बसेको नेविसंघ जिल्ला कार्य समिति रामेछापको छलफलले सदस्य सहित २८ जना पदाधिकारी नियुक्त गर्दै सङ्घलाई पूर्णता दिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । 

 

 

जसमा उपाध्यक्षमा ३ जना चयन भएका छन् । विमल पौडेल, युवराज सुवेदी र नवीन कार्की उपाध्यक्षमा चयन भएका हुन् । त्यस्तै प्रज्वल बुढाथोकी र सरोज श्रेष्ठ सचिव बनेका छन् । भने, कल्याण खड्का सहित ४ जना सह–सचिव बनेका छन् । 

 

जसमा खड्का, सुजन घिसिङ, राहुल थापामगर र कमल खत्री  रहेका छन् । कोषाध्यक्षमा भने महिलालाई जिम्मेवारी दिँदै सुजता सिलवाल मनोनीत भएकी छन् । 

 

 

नेविसंघ प्रवक्ताको जिम्मेवारी भने प्रचण्ड सुनुवारले पाएका छन् । लामो समयदेखि जिल्ला अधिवेशन हुन नसकेको (नेविसंघ) रामेछापको आउँदो वैशाख १० गते भित्र अधिवेशन गरी सक्न मातृ पार्टीका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले निर्देशन दिइसकेका छन् । 

 

 

साथै यहाँ (नेविसंघ) को नगर तथा गाउँपालिका अधिवेशन, समिति गठन पनि कति पय ठाउँमा हुन सकेको छैन । यो जिम्मेवारी पनि गठित समितिले गर्नु पर्ने जिम्मेवारी रहेको छ । 

 

अरु को केमा मनोनित भए हेर्नुहोस् ।