संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि रामेछापका एक युवाले गरे काँग्रेस परित्यागको घोषणा
६ पुस, रामेछाप । नेपाली काँग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएपछि रामेछापका एक युवाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भए लगत्तै सामाजिक सञ्जाल मार्फत दोरम्बा गाउँपालिका वडा नं २ का स्थानीय युवा एवं पार्टी पालिका कार्यसमिति सदस्य नरेश श्रेष्ठले पार्टी परित्याग गरेका हुन् ।
परिवर्तन नचाहने पार्टी भित्र बसिरहन उचित नलागेर पार्टी छोडेको उनले रामेछाप टाइम्सलाई बताए । १४ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत रहेका श्रेष्ठ ‘आज बाट काङ्ग्रेस परित्याग गरेको घोषणा । ४ जना उ.....खानेहरू मुर्दावाद ।
देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएर संसदीय दलको नेतामा निर्वाचित भएका छन् । बुधवार बिहान करिब ९ बजेदेखि मतदान भएर ११ बजे नतिजा सार्वजनिक भएको हो । कूल ८९ जना सांसदहरूले मतदान गरेका थिए ।
