प्रदेश सांसद चौलागाइले बिद्युत् प्राधिकरण रामेछापका प्रमुखलाई भने ‘जिल्लाको सबै ठाउँमा बिजुलीको समस्या मुक्त बनाऊ’

| मंसिर २२, २०७९ बिहिबार

फाइल फोटो
A A A
A A A

२२ मंसिर, रामेछाप । रामेछापबाट बागमती प्रदेश सभा सदस्य (सांसद) मा निर्वाचित युवराज चौलागाइले जिल्लामा भएको बिजुली बत्तीको सबै समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

 

बुधवार हिजो जिल्ला बिद्युत् प्राधिकरणका प्रमुख दीपेन्द्र बुढाथोकीसँग छलफल गरी चौलागाइले यहाँको बिद्युत् क्षेत्र विकाससँग सम्बन्धी समस्या समाधान गर्न निर्देशन दिएको चौलागाइले जानकारी दिएका छन् । 

 

 

उनले प्राधिकरणका प्रमुख बुढाथोकीसँग जिल्ला भरीका नाङ्गो बिद्युत् तार विस्थापित गरी कालो तार जडान गर्न, बिजुलीका सिङ्गल फेज ट्रान्सफर्मर परिवर्तन गरी थ्री फेज बनाउन र जिल्ला अस्पताल र मन्थली अस्पतालमा समर्पित लाइनको व्यवस्था गर्न निर्देशन दिएको बताएका हुन् । 

 

 

 

उज्यालो नेपाल अभियानका अभियन्ता एवं नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको गृह जिल्ला रामेछापमा हालसम्म उमाकुण्ड लगायतका कतिपय पालिकामा पूर्ण विद्युतीय करण हुन सकेको छैन । भने, विद्युत् पुगेका ठाउँमा पनि बारम्बार बत्ती जाने, नाङ्गो तारहरूको सही व्यवस्थापन हुन सकेको छैन । जसको कारण यहाँका जनताले हैरानी खेप्दै आइ रहेका छन् । 

 

 

चौलागाईको निर्देशनले यहाँका बिजुलीका उपभोक्तामा एक आशाको दियो जगाएको स्थानीयहरू बताउँछन् । यद्दयपी यसको कार्यान्वयन कस्तो रहन्छ भन्ने हेर्न बाँकी रहेको छ ।