एसको बैठकमा उपस्थित भए रमेश बस्नेत, जिल्ला अध्यक्ष कायमै, भने ‘हिजो नि थिए, भोलि पनि रहन्छु’
फाइल फोटो
२२ मंसिर, रामेछाप । गत मंसिर ७ गते राति सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा दिएका एकिकृत समाजवादी पार्टी रामेछापका अध्यक्ष रमेशकुमार बस्नेत सोही पदमा यथावत् रहने भएका छन् ।
बुधवार बसेको पार्टीको पाँचौँ पूर्ण बैठकमा सहभागी भएका अध्यक्ष बस्नेत सोही पदमा यथावत् रहेको बताइएको हो । योसँगै उनी एस पार्टी रामेछापको अध्यक्ष नै रहेको पार्टीले बताएको छ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश सभा ‘क’ तर्फका उम्मेदवार समेत रहेका एस पार्टी अध्यक्ष बस्नेतले ७ गते राति सामाजिक सञ्जाल मार्फत पार्टी अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका थिए । पछि उनले सामाजिक सञ्जालमा लेखेको हटाएका छन् ।
निर्वाचन समीक्षा र आगामी दिनमा कसरी अगाडि बढ्ने लगायतका विषयमा छलफल गर्न बसेको पार्टीको बैठकमा बस्नेत हिजो पनि पार्टीमा रहेको र भोलि पनि रहने स्पष्ट पारिएको अध्यक्ष बस्नेतले रामेछाप टाइम्सलाई बताए । पार्टीभित्र देखिएको आन्तरिक विषयलाई मिलाउन यस्तो गर्नु पर्नेको उनको तर्क छ ।
म हिजो पनि थियो । छु । भोलि पनि रहन्छु । पार्टी थप मजबुत र सक्रिय हुन्छ बस्नेतले रामेछाप टाइम्ससंग भने ।
बैठकमा चुनावी समीक्षा घनिभूत रूपमा भएको भन्दै २२ वर्षपछि जिल्लामा नेपाल कम्युनिस्ट पार्टी रहेको अनुभूति भएको उनले बताए ।
अब बाँकी रहेका कमिटी गठन, सङ्गठन सदृढिकरण, सुसङ्गठित र बलियो बनाउन लाग्ने उनले प्रतिबद्धता जनाए । उनले पार्टीको जित हार भन्दा पनि गठबन्धनको बिद्रोह गरेको भन्दै अध्यक्ष बस्नेतले पार्टी कार्यकर्तामा पनि दुई धार देखिदाँ मत घटेको दाबी गरे । उनले भने पार्टीमा पनि दुई धार देखिएको हाम्रो जित हुँदैन । एक टिम भन्छ गठबन्धनलाई साघाउँ। एक टिम एमालेलाई त्यसैले मत घट्यो । हामीले बिद्रोह मात्रै गरेका हौं ।
बैठकमा छलफल घनिभूत भयो अब त्यस्तो समस्या हुँदैन ।
