रामेछापबाट प्रदेश सभाको समानुपातिक तर्फ आनन्द श्रेष्ठ र माया कार्की मनोनीत
२० मंसिर, रामेछाप । रामेछापबाट गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ नेकपा (एमाले) दुई उम्मेदवार प्रदेश समानुपातिक सांसद बनेका छन् ।
सोमबार सार्वजनिक गरिएको विवरण अनुसार नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष समेत रहेका आनन्द श्रेष्ठ र पार्टी प्रदेश कमिटी सदस्य माया कार्की समानुपातिक तर्फबाट मनोनीत भएका हुन् । कार्की निवर्तमान मन्थली नगरपालिकाकी उपप्रमुख हुन् ।
एक प्रतिनिधिसभा र दुई प्रदेश सभाको लागि भएको यहाँ प्रत्यक्ष तर्फ पूर्णबहादुर तामाङ (कान्छाराम) प्रतिनिधिसभा र तारानारायण श्रेष्ठ र युवराज चौलागाई प्रदेश सभा सदस्यमा निर्वाचित भैसकेका छन् ।
गठबन्धन गरेर चुनाव लडेका नेपाली काँग्रेस र माओवादी केन्द्र रामेछापका उम्मेद्वारहरुलाई समानुपातिक तर्फ पछि पार्दै एमालेका श्रेष्ठ र कार्की मनोनीत भएका हुन् । उनीहरु तामाङ् नेपाली कांग्रेसका जिल्ला सभापति हुन् भने श्रेष्ठ र चौलागाई माओवादी केन्द्रका नेता हुन् ।
प्रदेशमा प्रत्यक्ष तर्फ ६६ र समानुपातिकमा ४४ जना सांसद निर्वाचित भएका हुन् । यद्दयपी निर्वाचन आयोगले उनीहरुको बिजयी घोषणा गर्न बाँकि छ ।
जिल्लाबाट प्रतिनिधिसभा तर्फ एमालेले २८ हजार १५० पाएको र प्रदेश सभाको समानुपातिकतर्फ २८ हजार ५०४ मत पाएको थियो ।
बागमती प्रदेशका यी हुन् सांसद्हरु नामावली हेर्नुहोस् ।
स्रोत नयाँ पत्रीका ।
नोटः यसअगाडि हेड्लाइनमा मनोनित हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।
