दोरम्बा गाउँपालिकाको गणना सकिँदा चौलागाइले हत्तै घटाए अग्रता, घिसिङ ३९० मतले मात्रै अगाडि
फाइल फोटो
१० मंसिर, रामेछाप । आफ्नो गृह पालिका दोरम्बा शैलुङ् गाउँपालिकाको मत गणना सकिँदा एमालेका उम्मेद्वार मिलन घिसिङ ३९० मत अग्रता लिएका छन् ।
हाल सम्म गठबन्धनका साँझ उम्मेद्वार माओवादीका युवराज चौलागाईको गृह पालिका सुनापति गाउँपालिकामा खसेको ९ हजार ८०२ र मन्थली नगरपालिकाका केही वडाको मत गणना हुँन बाँकी छदाँ घिसिङले करिब ३९० मतको मात्रै अग्रता लिएका हुन् । चौलागाईको गृह पालिकामा उनको मत फराकिलो हुने नेपाली कांग्रेस र माओवादी केन्द्रको आँकलन छ ।
हाल सम्म घिसिङले १० हजार ३६५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौलागाइले ९ हजार ९७० मत पाएका छन् ।
दोरम्बा शैलुङ्गको वडा नं ४ गौश्वारा सम्मको सकिँदा १५ सय २८ को मत अग्रता बनाएका घिसिङको मत ५, ६ र ७ नम्बरको मत गणना हुँदा चौलागाइले ह्वतै घटाएका हुन् ।
उनीहरु प्रदेश सभा 'ख' का उम्मेद्वार हुन् ।
हाल सम्मको मत परिणाम हेर्नुहोस् ।

