प्रदेश सभा ‘क’ मा १७५२ मत बदर, सबै भन्दा धेरै लिखु तामाकोशीमा ४५८
फाइल फोटो
१० मंसिर, रामेछाप । रामेछापमा गत मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै मत बदर भएको छ ।
निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा प्रभावकारी नहुँदा यहाँका आम मतदाताले गरेको मतदान बदर भएको हो । हाल सम्म प्रदेश सभा ‘क’ को मत गणना सकिएर प्रदेश सभा ‘ख’ को मत गणना जारी रहँदा प्रदेश सभा ‘क’ मा सबै भन्दा धेरै लिखु तामाकोशी गाउँपालिकामा ४५८ मत बदर भएको छ ।
त्यस्तै उमाकुण्डमा ३२३, गोकुलगंगामा ३६०, मन्थली नगरपालिकामा १५९ र रामेछाप नगरपालिकामा ४५२ मत बदर भएको हो । जसमा प्रदेश सभा ‘क’ मा कूल १ हजार ७ सय ५२ मत बदर भएको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
४१ हजार ७९६ मत गणना भएको यहाँ ४० हजार ४४ मत सदर भएको छ ।
गठबन्धनका उम्मेद्वार र एमालेबिच चर्को प्रतिस्पर्धा देखिएको यहाँ गठबन्धन तर्फका माओवादी केन्द्र रामेछापका जिल्ला सचिव समेत रहेका तारानारायण श्रेष्ठ एमालेका शान्ति प्रसाद पौडेललाई १७ सय बढी मतान्तरले हराउँदै विजयी भएका छन् ।
तथ्याङ्कमा हेर्नुहोस्

