भारी मतले पराजित भएपछि राप्रपाका सुनुवारले भने ‘हामीले जनताप्रति गरेको प्रतिबद्धता र विश्वास टुट्न दिनेछैनौ’

| मंसिर १०, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

१० मंसिर, रामेछाप । भारी मतले पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सभा ‘क’ का उम्मेद्वार हिकमत सुनुवारले आफूहरूले जनतामा गरेको प्रतिबद्धता र विश्वास टुट्न नदिने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हामीले जनताप्रति गरेको प्रतिबद्धता र विश्वास टुट्न दिनेछैनौ’

 

 

शनिवार बिहान मतदातामा धन्यवाद दिँदै सुनुवारले ‘देश जोगाउन र नेपाली जनताको उज्ज्वल भविष्यको लागि सदैव हामी समर्पित रहनेछौ भनेका हुन् । 

 

 

प्रदेश सभा ‘क’ मा १५ हजार १५६ मत ल्याएर माओवादीका तारानारायण श्रेष्ठ ‘बिगुल’ निर्वाचित हुँदा राप्रपाका सुनुवारले तेस्रो मत पाएका थिए । 

 

यसरी हेर्दा निर्वाचित श्रेष्ठ र सुनुवारको मतान्तर ११ हजार ६ सय ६१ रहेको छ । 

 

 

उमाकुण्ड गाउँपालिकाका सुनुवारले कूल ३ हजार ४ सय ९५ मत पाएका छन् । 

 

सुनुवारको स्टाटस हेर्नुहोस्