परकबासको मत गणना हुँदा कैलाशले कान्छारामसँग घटाए मतान्तर

| मंसिर ९, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

९ मंसिर, रामेछाप । प्रदेश सभा ‘ख’ तर्फ मत गणना सुरु भएको रामेछापमा प्रतिनिधि सभा तर्फ एमालेका कैलाश प्रसाद ढुङ्गेलले मत अग्रता घटाएका छन् । 

 


नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को प्रदेश सभा ‘क’ तर्फको भारी मतान्तरलाई ढुङ्गेलले आफ्नो गृह पालिका खाँडादेवीमा पुग्दा केही घटाएका हुन् । 

 


ढुङ्गेलले हाल सो पालिकाको वडा नं ४ पकरबासको मत गणना सकिँदा कूल १६ हजार ६ सय ८२ मत पाएका छन् । 

 


त्यस्तै प्रदेश सभा ‘क’ मा कूल ८ हजार २ सय ५६ मतको अग्रता बनाएका काँग्रेसका तामाङले हाल सम्म कूल २४ हजार ४ सय ५१ मत पाएका छन् । उनीहरूबिचको अहिले सम्म मतान्तर ७ हजार  ७  सय ६९  रहेको छ । 

 

 

धेरैले खाँडादेवीमा उनको मत अग्रता घट्ने र दोरम्बा र सुनापति गाउँपालिकामा नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका तामाङको मत बढ्ने विश्लेषण गरेका छन् । 

 

मत परिणाम हेर्नुहोस् 

नाेटः यसअघि हेडलाईन अन्यथा भएकोमा सच्चईएकाे छ ।