पकरबासको गणना हुँदा माओवादीका चौलागाईलाई पछि पार्दै एमालेका घिसिङले लिए अग्रता
९ मंसिर, रामेछाप । प्रदेश सभा ‘ख’ तर्फ रामेछापमा एमालेका मिलन घिसिङले गठबन्धन तर्फका उम्मेदवार युवराज चौलागाईको सुरुवाती अग्रता तोड्दै अग्रता लिएका छन् ।
जारी खाँडादेवी गाउँपालिकाको वडा नं ४ पकरबासको मत गणना हुँदा घिसिङले २८ सय १६ मत पाएका छन् ।
त्यस्तै माओवादी केन्द्रका चौलागाईले २१ सय ४५ मत पाएका छन् । उनीहरूबिच ६६८ मतान्तर रहेको छ ।
सोही पालिकाको वडा नं १ राकाथुमबाट गणना सुरु गरिएको प्रदेश सभा ‘ख’ मा अन्य दलहरूले पनि खाता खोल्न सफल भएका छन् । जसमा हलोले १६९ मत पाएको छ ।
यद्दयपी गठबन्धनका उम्मेदवार चौलागाई र घिसिङबिच चर्को प्रतिस्पर्धा देखिएको छ ।

