पराजित पछि शान्तिले भने ‘जिल्लाको विकास निर्माण र समृद्ध रामेछाप बनाउन लागि रहनेछु’

| मंसिर ९, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

९ मंसिर, रामेछाप । बागमती प्रदेश सभा सदस्यका उम्मेदवार एवं प्रदेश सभा ‘क’ रामेछापका एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले जिल्लाको विकास निर्माण र समृद्ध रामेछाप बनाउन लागि रहने प्रतिबद्धता जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘विगत लामो समय देखि कार्यरत यहाँको विकासमा लागेको छु । भविष्यमा पनि लागि रहने छु ।’

 

गठबन्धनका साझ उम्मेदवार तारानारायण श्रेष्ठ ‘बिगुल’ सँग १९ सय ९१ मतले पराजित भएपछि निर्वाचित श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै पूर्व मन्त्री पौडेलले जनतामा पर्न गएको समस्या समाधान गर्न आफूले सकेको सहयोगलाई निरन्तर दिने बताएका हुन् । 

 

 

१५ हजार १५७ मत पाए उनले चुनावमा हारजित हुने स्मरण गर्दै यो चुनावमा नेकपा एमालेको राजनीतिले जितेको दाबी गरेका छन् । 

 

 

 

नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य एवं एमाले रामेछापका नेता पौडेलले रामेछाप बासी मतादाता, नेकपा एमालेका सम्पूर्ण कार्यकर्ता, शुभचिन्तक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र सहयोगी अन्य पार्टीका नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन् । 

 

शान्ति प्रसाद् पौडेलको स्टाटस् हेर्नुहोस् ।