प्रदेश सभा ‘ख’ को मत गणना सुरु, कान्छाराम र चौलागाइले लिए अग्रता

| मंसिर ९, २०७९ शुक्रबार

प्रतिनिधि सभाका उम्मेद्वारहरु ।
A A A
A A A

९ मंसिर, रामेछाप । रामेछापमा प्रदेश सभा ‘क’ को मत गणना सकाएर ‘ख’ को गणना सुरु भएको छ । 

 

३२ वटा वडा रहेको यो प्रदेश सभामा खाँडादेवी गाउँपालिकाको वडा नं १ राकाथुमबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । 

 

 

प्रतिनिधि सभा तर्फ वडा नं १ राकाथुमको ९६७ मत गणना हुँदा रुखले सुरुवाती अग्रता लिएको छ । जसमा नेपाली काँग्रेसको रुखले ५८१ मत पाउँदा एमालेको सूर्यले त्यहाँ २६८ मत पाएको छ । 

 

 

 

नेपाली काँग्रेसका पूर्णबहादुर तामाङले प्रदेश सभा ‘क’ मा ८ हजार २ सय ५६ मतले अग्रता बनाएर प्रदेश सभा ‘ख’ मा प्रवेश गरेका छन् ।

 

 

‘कान्छाराम’ले प्रदेश सभा ‘क’ मा २२ हजार १ सय ३९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाश ढुङ्गेलले १३ हजार ८ सय ८४ मत पाएका छन् । 

 

 

सुरुवाती देखि निरन्तर अग्रता लिएका तामाङले प्रदेश सभा ‘क’ तर्फ भारी मत पाएका हुन् । 

 

 

त्यस्तै प्रदेश सभातर्फ प्रदेश सभा २ (ख) मा राकाथुमको ९०० मत गणना हुँदा एमालेका मिलन घिसिङले २८६ मत पाएका छन् ।भने, माओवादीका युवराज चौलगाइले ५३२ मत पाएका छन् । 

 

 

प्रदेश सभा दुई मा पनि गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।  प्रदेश सभा 'क' मा भने माओवादीका तारानारायण श्रेष्ठ बिजयी भइसकेका छन् ।