श्रेष्ठले पाैडेलकाे अग्रता ताेडे, बनाए ८४२ काे मतान्तर, जित्को नजिक

| मंसिर ८, २०७९ शुक्रबार

A A A
A A A

९ मंसिर, रामेछाप । आफ्नाे गृह पालिका गाेकुलगंगा आएपछि अग्रता लिएका एमालेका शान्ति प्रसाद पाैडेललाई उछिन्दै माओवादीका तारानारायण श्रेष्ठले अग्रता लिएका छन् । 

 

रामेछाप प्रदेश ` क´ अन्तर्गत  ओख्रेनी सम्म आइ पुग्दा माओवादीले अग्रता फराकिलो बनाउदै लगेको छ । हाल हसिया हथौड़ाले १५ हजार १५८ मत पाएकाे छ  


त्यस्तै उनका निकटतम प्रतिद्वन्दी एमालेका पाैडेलले १४ हजार ३१६ मत पाएका छन् । याे समाचार तयार पारि रहदाँ हसिया हथौड़ा र सूर्यकाे मतान्तर ८४२ रहेकाे छ । अहिले ओख्रेनीकाे गणना जारी छ । 

 

अब सुकाजोर,रामेछाप र ल्याङ्ल्याङ गणना हुन बाँकि छ ।


गठबन्धनका उम्मेदवार श्रेष्ठकाे सुरुवाती अग्रता ताेड्दै पाैडेलले गाेकुगाँगा र लिखु तामाकोसी गाउँपालिकामा १ हजार बडीकाे अग्रता लिएका थिए  । उनकाे साे अग्रता ताेड्दै गृह पालिका मन्थली नगरकाे गणना सुरु भएपछि अहिले श्रेष्ठले अग्रता बनाएका हुन् । 

 

प्रदेश सभा तर्फ प्रतिस्पर्धा गरि रहेका उनीहरुलाई राप्रपा तेस्रो मत पाउदैन पछ्याउँदै छ । हाल सम्म ३९ हजार ५५० मत गणना भएको छ ।