बाम्तिको पनि गणना सकियो, प्रदेश सभा तर्फ बिगुलले लिए १५१ मतले अग्रता
६ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल र २ बाम्तिभण्डारको मतगणना सकिदा प्रदेश सभा 'क' तर्फ माओवादीका तारानारायण श्रेष्ठ 'बिकुल'ले अग्रता लिएका छन् ।
श्रेष्ठले ९०५ मत पाएर अग्रता बढाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका शान्ति प्रसाद् पौडेलले ७५४ मत ल्याएर पछ्याइरहेका छन् ।
ताजा मतपरिणाम अनुसार श्रेष्ठले दुई वटाबाट १५१ मतले अग्रता लिएका हुन् । त्यस्तै संघ तर्फ पनि नेपाली कांग्रेसका कान्छाराम तामाङ्ले अग्रता बढाएका छन् ।
दुई वडाको गणना सकिदा कान्छारामले १२२५ मत ल्याएका छन् ।
एमालेका कैलाश ढुङ्गेलले ७५४ मत ल्याएर पछ्याउदै छन् ।
