रामेछापमा निर्वाचन आचारसंहिताको चौतर्फी उल्लङ्घन : पालिका अध्यक्षदेखि उम्मेदवार र कार्यकर्ता सबै भोट माग्दै

| मंसिर २, २०७९ शुक्रबार

A A A
A A A

२ मंसिर, रामेछाप । रामेछापमा निर्वाचन आयोगले तोकेको स्थिर समयको चौतर्फी उल्लङ्घन भएको छ । गए राति मध्यान्न १२ बजेदेखि पर्सी ४ गते आइतबार मतदानको अवधि सम्म चुनावी प्रचारप्रसार गर्न रोक लगाइए पनि दलका उम्मेद्वारहरु विभिन्न माध्यमबाट भोट मागी रहेका छन् । 

 

 

कतिपय उम्मेदवार सामाजिक सञ्जालमा खुल्लाम्-खुल्ला भोट मागी रहेका छन् ।  भने, निर्वाचित स्थानीय तहका  जनप्रतिनिधिहरू पनि पार्टीलाई भोट मागी रहेका छन् । 

 

सामाजिक सञ्जालमा नेकपा एमाले, नेपाली काँग्रेसका नेता कार्यकर्ता भोट, पार्टीका उम्मेदवारका फोटो, निर्वाचन चिन्ह सहित पोस्ट गर्दै भोट मागी रहेको देखिन्छ । 

 

 

यसैबीच हिजो बिहीबार सरकारी गाडी चढेर पार्टीको कार्यक्रममा सहभागी भएपछि प्रहरीले गाडी नै नियन्त्रणमा लिएका खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ सूर्य चिन्हमा पालिकाको फेस्बुक  पेजमार्फत भिडिओ जारी गर्दै भोट माग्दै छन् । उनले शुक्रवार बिहानै भिडिओ जारी गर्दै सूर्यमा भोट मागेका हुन् । 

 

 

यता नेपाली काँग्रेस बिपीका प्रतिनिधिसभाका उम्मेदवार केदार खड्का र प्रदेशसभा सदस्यका उम्मेदवार ‘क’ की उम्मेदवार जमुना कार्कीले आजै बिहान सामाजिक सञ्जालमा भोट मागेका छन् । उनीहरूले करुवा चिन्हमा भोट माग्दै आफूहरूलाई जिताउन अपिल गरेका छन् । 

 

 

त्यस्तै नेकपा एमालेका अधिकांश कार्यकर्ता सूर्य उदाएको फोटो, उम्मेदवारको फोटो, चुनाव चिन्ह, मतपत्रमा सूर्यमा स्वस्तिक छाप लगाएको फोटोहरू पोस्ट गर्दै मत मागी रहेका छन् । साथै कतिपय नेताहरू घरदैलो कार्यक्रममा हिँडेको फोटोहरू समेत पोस्ट गरिरहेका छन् । 

 

 

नेपाली काँग्रेस र माओवादी केन्द्रमा उम्मेदवारले पनि भोट मागेको देखिन्छ । तर, उनीहरू घरदैलोमा हिँडेको र उम्मेदवारको फोटो, भिडिओ, पोस्टर लगायतका सामाग्री भने राखेको देखिदैन् । 

 

यसरी आयोगले सामाजिक संजल, युट्युब, फेस्बुक, टिकटक, भाइवर, म्यासेज लगायत विभिन्न सञ्चार माध्यमलाई पनि आचारसंहिता लाग्ने गरी निर्देशन जारी गरेको छ । 

 

त्यस्तै जिल्लाका केही अनलाइन सञ्चार माध्यमले पनि निर्वाचनसँग सम्बन्धित पार्टीका चुनावी प्रचारप्रसारका सूचनाहरू प्रकाशित गरिहरेको पाइन्छ । 

 

यता जिल्ला प्रहरी कार्यालय रामेछाप सामाजिक सञ्जाल आफूहरूको नियन्त्रण बाहिरको कुरा रहेको बताउँदै लिखित तथा मौखिक रूपमा हाल सम्म कुनै उजुरीहरू निर्वाचन लक्षित नपरेको सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए । 

 

आयोगले आचारसंहिता उल्लङ्घन गरेको पाइएमा नगद २५ हजार जरिवाना गर्ने भनेको छ । तर, यसको कार्यान्वयन भएको पाइँदैन । 

 

प्रहरीले नियन्त्रणमा लिएको गाडी फिर्ता 

यसैबीच हिजो बिहीबार प्रहरीले नियन्त्रणमा लिएको खाँडादेवी गाउँपालिकाका एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको गाडी साँझमा सम्झाइ बुझाइ गरेर एक पटकको लागि छाडिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।