स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर राउतले गरे गठबन्धनलाई समर्थन (विज्ञप्तिसहित)
३० कात्तिक, रामेछाप । रामेछापबाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चन्द्रबहादुर राउतले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
राउतले बुधवार मन्थलीमा पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले नेपाली काँग्रेसबाट अलग हुँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी काँग्रेसका पूर्व जिल्ला पार्टी सचिव हुन् ।
आसन्न मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा आयोगबाट ‘क्यामेरा’ चुनाव चिन्ह लिएर मत समेत मागेको उनले ‘म विगत लामो समय देखी नेपाली काँग्रेस पार्टीमा समाहित भई कार्य गर्दै आएको र पार्टीको पूर्व जिल्ला सचिव रही कार्य गरिसकेको हुँदा हाल आएर यस जिल्लामा नेपाली काँग्रेस जिताउनु पर्ने महत्त्वपूर्ण अवस्थालाई मध्यनजर गर्दै आजको मितिबाट आफ्नो चुनाव चिन्ह क्यामेरामा भोट नहाली गठबन्धन दलका उम्मेदवार प्रतिनिधि सभा तर्फ पूर्णबहादुर तामाङ (कान्छाराम) लाई रुख चिन्हमा भोट हालेर विजयी गर्न लागेको छु’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनी लिखु तामाकोसी गाउँपालिका वडा नं २ सैपु, प्रदेश सभा ‘क’ का मतदाता हुन् ।
बिज्ञप्ति हेर्नुहोस्

