दिमिपोखरीमा गठबन्धनका उम्मेदवार ‘कान्छाराम’ र युवराजलाई ५१ केजीको १६० मिटर लामो मालाले स्वागत (भिडिओसहित)

| कात्तिक २३, २०७९ बुधबार

A A A
A A A

२३ कात्तिक,रामेछाप । गठबन्धनका उम्मेदवारलाई रामेछापको प्रदेश ‘ख’ मा स्थानीयले भव्य स्वागत गर्न थालेका छन् । बुधवार आज पनि गठबन्धनका उम्मेदवारलाई भव्यताका साथ स्वागत गरिएको छ ।

 

आसन्न मंसिर ४ गत्ते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि काँग्रेस जिल्ला सभापति एवं प्रतिनिधि सभाका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ र माओवादी केन्द्र केन्द्रीय सदस्य एवं प्रदेश सभा ‘ख’ का उम्मेदवार युवराज चौलागाईलाई सेनापति गाउँपालिका वडा नं २ दिमिपोखरीमा १६० मिटर लामो र ५१ केजीको एउटै माला लगाएर स्वागत गरिएको कार्यक्रम स्थलबाट पत्रकार रामचन्द्र विकले जानकारी दिए । 

 

मंगलबार पनि दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न वडामा गरिएको मतदाता भेटघाटमा लामो एउटै मालाले स्वागत गरेका थिए । 

 

लोकतान्त्रिक बाम गठबन्धन अहिले प्रदेश सभा ‘ख’ मा निर्वाचन प्रचारप्रसारमा व्यस्त देखिन्छ । उनीहरूले प्रदेश सभा ‘क’ मा पहिलो चरणको मतदाता भेटघाट सकेका छन् । 

 

गठबन्धनका साझा उम्मेद्वारहरुले गरेका चुनावी सभामा स्थानीयहरूको उपस्थिति पनि उत्साहजनक देखिएको नेपाली काँग्रेस जिल्ला पार्टी सचिव दीपक खड्काले जानकारी दिए ।