तरुण दल रामेछापले खटायो गठबन्धनका उम्मेदवारलाई विजयी गराउन यी १२ जनालाई जिम्मेवारी
काजी बहादुर खड्का (दिनेश) ।
१७ कात्तिक, रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल रामेछापले निर्वाचन सफल पार्न नगर तथा पालिका स्तरीय प्रतिनिधि परिचालन गरेको छ ।
बुधवार जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले आसन्न सङ्घीय संसद् र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को लागि काँग्रेस लगायत गठबन्धन दलका साझा उम्मेदवारहरूलाई विजयी गराउनका लागी सम्पूर्ण तरुण दललाई परिचालन गरी क्रियाशील गराएको जिल्ला अध्यक्ष खड्काले जानकारी दिए ।
दुई नगरपालिका सहित आठ वटा स्थानीय तह रहेको रामेछापमा तरुण दलले सङ्घीय निर्वाचन क्षेत्र १ र प्रदेश ‘क’ र ‘ख’ निर्वाचन क्षेत्र अन्तर्गतका रहेका स्थानीय तहमा संयोजकको जिम्मेवारी दिँदै उम्मेदवारलाई जिताउने जिम्मेवारी दिएको उल्लेख छ ।
उनीहरूले सम्बन्धित पालिका वा नगरपालिकासँग समन्वय गरेर काम गर्नु पर्ने निर्देशन समेत दिएको अध्यक्ष खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति हेर्नुहोस्

