एकिकृत समाजवादी रामेछापले आज तिल्पुङ्बाट मतदाता भेटघाट सुरु गर्दै, कुन दिन कुन वडामा ? (सूचीसहित)
५ असोज, रामेछाप । नेकपा एकिकृत समाजवादी पार्टी (एस) प्रदेश सभा ‘क’ ले आज शनिबार देखि चुनावी सभा एवं प्रचारप्रसार सुरु गर्ने भएको छ ।
हिजो शुक्रवार बसेको चौथो जिल्ला कमिटी बैठकले आजदेखि जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको तिल्पुङ्बाट मतदाता भेट्घाट सुरु गर्ने निर्णय गरेको पार्टी जिल्ला अध्यक्ष एवं प्रदेश सभा ‘क’ का उम्मेदवार रमेशकुमार बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । जसअनुसार आफूहरु त्यसतर्फ प्रस्तान गरेको बस्नेतले बताए ।
गठबन्धनलाई तोड्दै छुट्टै उम्मेदवारी दिएको एकिकृत समाजवादीले एक दिनमा दुई वटा वडाका मतदाता भेटघाट गर्ने तयारी गरेका छन् । प्रचारप्रसार तथा मतदाता भेटघाट आजदेखि सुरु गरेको बताउदै निर्वाचनमा होमिएको बस्नेतले जानकारी दिए । तिहारको तीन दिन अर्थात् ८ गतेदेखि स्थगित गर्ने र पुनः ११ गतेबाट सुरु गरेर आउँदो १८ गते मन्थली नगरपालिकाको सालु र सुनारपानीमा आएर सामापन गर्ने गरी कार्यक्रम तयार पारिएको पार्टी सचिव लालसिंह घिसिङले जानकारी दिए ।
निवर्तमान मन्थली नगरपालिकाका प्रमुख समेत रहेका बस्नेत प्रदेश सभा ‘क’ बाट बालियो उम्मेदवार रहेको पार्टीले दाबी गरेको छ ।
५ दलिय गठबन्धनलाई तोड्दै रामेछापमा (एस) ले सबै पदको लागि छुट्टै उम्मेदवारी दर्ता गरेको छ । तर, प्रदेश सभा ‘ख’ का उम्मेदवार झम्क कँडेल र प्रतिनिधि सभा तर्फका उम्मेद्वार देवशंखर पौडेलले भने गठबन्धनका उम्मेद्वारलाई नै सघाउने पार्टी जिल्ला अध्यक्ष बस्नेतले बताएका छन् । उनीहरुको उम्मेद्वारी केन्द्रमा गठबन्धनले खारेज गरी दिएको बस्नेतले सुनाए ।
त्यस्तै प्रदेश समानुपातिक तर्फ संघमा शान्ता पौडेल र प्रदेशमा लालसिंह घिसिङको उम्मेदवारी रहेको (एस) रामेछापले जनाएको छ ।
कुन वडामा कहिले कार्यक्रम छ हेर्नुहोस् ।

