निर्वाचन आचारसंहिता छलफल : राजनीति दलले भने ‘आचारसंहिता राम्रो बन्यो तर, कार्यान्वयनमा छैन’
३० असोज, रामेछाप । आउँदो मंसिर ४ गतेको निर्वाचन नजिकिँदै जाँदा आचारसंहितालाई कडाइका साथ लागू गर्न रामेछापमा जोडदार माग उठेको छ । आचारसंहिता कडाइका साथ लागू गर्न मुख्य राजनीतिक दलसहित, पत्रकार र आम-नागरिकले समेत माग गरेका छन् ।
आज आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धि आचारसंहिता तथा निर्वाचन तयारी बारे अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलले निर्वाचनमा आचारसंहिता राम्रो बनेपनि कार्यान्वयन हुन नसकेको भन्दै आयोगको ध्यानाकर्षण गरेका छन् ।

आयोगले प्रस्तुत गरेको आचारसंहिता उत्कृष्ट भन्दै कार्यान्वयनमा थप कडाइ गर्नु पर्नेमा नेपाली कांग्रेसका नेता सुमन्तकुमार कार्कीले जोड् दिए । उनले स्थानीय हतका पार्टीबाट जनप्रतिनिधिले आफ्नो पार्टीलाई जिताउन÷भोट माग्नको लागि अनेकौँ बहाना बाजी गर्ने गरेको उल्लेख गरे । उनले आचारसंहिता राम्रो बनेको छ, यसको अनुगमन, कार्यान्वयन र नियमनको पाटोलाई बलियो बनाउनु पर्छ भने ।
त्यस्तै, नेकपा एमालेका नेता होतराज ढकालले आचारसंहिता कार्यान्वयन चुनौतीको विषय भएको भन्दै सम्बन्धित निकायले थप चनाखोका साथ लाग्नु पर्ने बताए । उनले निर्वाचन कार्यालय, प्रशासनले आचारसंहिता उल्लङ्घनका घटनलाई प्राथमिकता सहित कडाइ गरेर उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा जोड् दिए ।
त्यस्तै, एकिकृत समाजवादी पार्टी (एस) का नेता झम्क कँडेलले निर्वाचन आचारसंहिता उत्कृष्ट भएको र यसलाई आफ्नो पार्टी पालना गर्न प्रतिबद्ध रहेको बचन दिए । उनले नेकपा एमाले र गठबन्धनका उम्मेदवारले बाजागाजासहित उम्मेदवारी दर्ता गरेको तर्फ टिप्पणी गर्दै आयोग टुलु–टुलु हेरेर बस्यो भने । उनले तम्झम गरेर जनतालाई उल्लु बनाउन केही दललाई आयोगले कारबाही गर्न नसकेको टिप्पणी गरे ।
त्यस्तै, राप्रपा नेपालका नेता शिवजी घिमिरेले १८ वर्ष भन्दा कम उमेरकालाई निर्वाचनमा सामेल गर्न नहुने आचारसंहितामा भनेको भनिएपनि यसलाई रोक्न आयोग सफल नभएको बताए । उनले साना दलहरूले विगतका निर्वाचनमा पनि आचारसंहिता उल्लङ्घन भयो भनेर खबर गर्दा समेत आयोगले सुने–नसुने जसरी टारेको छ भने ।
यसैबिच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश इन्दिरा शर्माले भने आचारसंहिता म, म भनेर कसैले उल्लङ्घन गरेन भने कारबाही गर्नु पर्ने अवस्थै नआउने दाबी गरिन् । उनले आचारसंहिता कार्यान्वयनको लागि सम्बन्धित निकायहरू चनाखो र सधै तयार छ भनिन् । आचारसंहिता उल्लङ्घन भएमा आफूहरू सम्म सूचना पुर्याइदिन उनले आग्रह गरिन् ।
ईन्दिरा शर्मा ।
उनले आउँदो निर्वाचन स्वच्छ, निष्पक्ष र भएसहित तरिकाले सम्पन्न हुने कुरामा आशंका नगर्न समेत आग्रह गरिन् । ‘हामी त्यसैको लागि काम गर्दैछौं । चुनाव स्वच्छ, निष्पक्ष र भएसहित तरिकाले सम्पन्न हुन्छ । यसमा आशंका नगर्दा हुन्छ उनले भनिन् ।’
त्यस्तै जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर शाहले निर्वाचन कार्यालय चुनावलाई स्वच्छ, निष्पक्ष र भए रहित तरिकाले सफल पार्न हरपल लागि रहेको जानकारी दिँदै आचारसंहिताको पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरे । उनले सामाजिक सञ्जालमा चुनौतीको विषय भएको उल्लेख गर्दै कार्यालय प्रमुखले, कर्मचारीहरु, जनप्रतिनिधिलाई पनि सम्बन्धित निकायले सूक्ष्म निगरानी÷अनुगमन गरिरहेको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले निर्वाचनको विषयमा सम्बद्ध पक्षसँग छलफलमा रहेकाले सबै सचेत हुनु पर्ने बेला भएको बताए । उनले शान्ति, सुरक्षाको विषयमा बलियो रहेको जानकारी दिँदै आचारसंहिता उल्लङ्घन हुन नदिन सबै लाग्नु पर्नेमा जोड् दिए । ‘गलत गरेको रहेछ भने खरब गर्नुहोस् हामी हेर्छौ । संचारका माध्याम छन् । त्यस्ता सूचना दिने व्यक्तिको नाम गोप्य रहन्छ उनले भने।’
