रामेछापमा गठबन्धनको टिम प्रदेश ‘ख’ ले भोलीदेखि संयुक्त रुपमा चुनावी सभा गर्ने, कुन पालिकामा कहिले ?

| असोज ३०, २०७९ आइतबार

गठबन्धन दलका संघ तथा प्रदेश सभाका उम्मेद्वारहरु ।
A A A
A A A

३० असोज, रामेछाप । मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन सहित निर्वाचनमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र रामेछाप प्रदेश सभा ‘ख’ ले संयुक्त रुपमा चुनावी सभा गर्ने भएको छ ।

 

भोलि सोमबार ३१ गतेदेखि मन्थली नगरपालिकाबाट सुरु भएर आउँदो कात्तिक १५ गते मन्थली नगरपालिकामै टुङ्ग्याउँदै सभा गर्न लागेको नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ का सभापति राजेशकुमार श्रेष्ठले जानकारी दिए ।

 

कार्यक्रममा क–कसले सम्बोधन गर्ने भन्नेमा भने अन्यौलता भएको उनी बताउँछन् । ‘नेताहरूलाई भन्यो भने बहाना-बाजी गर्न थालेका छन् । कार्यक्रम तय भयो तर, सम्बोधन गर्नेको भने टुङ्गो छैन उनले भने ।’ 

 


यद्दयपी सम्बन्धित पालिकाका सभापति, अध्यक्षहरूले सम्बोधन गर्ने, उपस्थिति जनाउने उनको आँकलन छ । प्रदेश सभा ‘ख’ मा नेकपा माओवादी केन्द्रबाट युवराज चौलागाई प्रदेशसभा सदस्यको लागि गठबन्धनको तर्फबाट उम्मेद्वार छन् ।

 

कार्यक्रम संयोजक समेत रहेका श्रेष्ठ अनुसार संयुक्त रुपमा आयोजना हुने कार्यक्रममा १५ गते मन्थली नगरपालिकामा कार्यक्रमको समीक्षा सहित सम्पन्न हुने छ । 

 


चुनावी सभा गर्न लागेको मन्थली नगरपालिका, दोरम्बा शैलुङ् र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाहरूमा चुनावी सभा हुन लागेको हो । साथै प्रदेश सभा ‘ख’ मा प्रतिनिधि र प्रदेश सभाको संयुक्त कार्यक्रम कात्तिक १६ गतेदेखि सुरु हुने तयारी छ । 

 

चुनावी सभा हुने तालिका हेर्नुहोस् ।