पत्रकार कार्की ‘माले’ बाट बने सांसद्को उमेद्वार
२७ असोज, रामेछाप । पत्रकारिता गर्दै आएका मोहन कार्की आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् ।
क्रान्तिकारी बिचार राख्ने कार्की काठमाडौँमा बसेर जनआकाश नामक पत्रिकाको प्रधान सम्पादक हुन् । उनी आउँदो निर्वाचनमा नेकपा मालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेको कार्कीले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘आजबाट आधिकारिक रूपमा जनताको सेवामा समर्पित भए’ भन्दै उम्मेदवार भएको घोषणा गरेका छन् ।
यद्यपि उनले पत्र कारिताबाट राजीनामा भने दिएको या नदिएको भन्ने खुलाएका छैनन् । हँसिया र तारा चुनाव चिन्ह् लिएर उम्मेदवार बनेका कार्कीले देश बनाउने भनेको माले मात्रै भएको चुनावी नारा एजेण्ड बनाएका छन् ।
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेका कार्कीले स्नातकोत्तर सम्म गरेका छन् ।
