एमाले रामेछापको जिल्ला कमिटी बैठकः अधिवेशन केन्द्रीत निर्णय, १३ देखि १५ गते सबै स्थानीय तहमा वृहत भेला,१७ गते प्रतिनिधि छनोट गर्ने निर्णय

अधिवेशन मूल व्यवस्थापन कमिटी गठन

| पुस ५, २०७८ सोमबार

फाइल
A A A
A A A

५ पुष,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले आउदो जिल्ला अधिवेशन तयारी तिब्र पारेको छ । आज सोमबार बसेको पार्टीको २२ पूर्ण जिल्ला कमिटी बैठकले यही पुष २३ गते हुन लागेको जिल्ला अधिवेशनको लागि मूल व्यवस्थापन कमिटी गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख प्रकाश कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा जिल्ला कमिटीका सबै पदाधिकारी सम्मेलित कमिटी गठन गरेको छ । 

 

पार्टी अध्यक्ष पौडेललको अध्यक्षता बसेको बैठकमा स्थायी समितिका सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी समेतको उपस्थिति थियो । 

 

त्यस्तै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङ्गेल पनि बैठकमा सहभागी थिए । भने बैठकमा  प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र गाउँ÷नगर कमिटी अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो। 

 

आजकै बैठकले अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनौट ६४ वटै वडामा यही पुष १७ गते गर्ने निर्णय गरेको  कार्कीले रामेछाप टाइम्सलाई बताए । 

 

त्यस्तै १० औं महाधिवेशन सफल बनाउन यही पुष  १३ देखि १५ गतेसम्म जिल्लाका आठवटै पालिकामा पालिका स्तरिय बृहत कार्यकर्ता भेला गर्ने निर्णय गरेको उनले बताए । 

तस्विर स्रोतः प्रकाश कार्की

त्यस्तै अधिवेशनकै तयारीको लागि वृहत छलफल गर्ने पुष ११ गते जिल्ला सचिवालयको बैठक डाकेको जानकारी दिए ।  

 

गत मंसिर १० देखि १४ गतेसम्म चितवनमा राष्ट्रिय अधिवेशन गरेको एमालले यही पुष २३ गते सबै जिल्ला अविधेशन गर्दैछ । सोही मितिमा रामेछापमा पनि अधिवेशन गर्न नेताहरु छलफलमा जुटेका हुन् । 

रामेछाप टाइम्स
| बैशाख १५, २०८३ मंगलबार