दोस्रो माझी गोल्ड कपको उपाधीः आयोजक रामेछापकै 'ए' को पोल्टोमा, पायो २ लाख पुरस्कार
फाइल फोटो
२१ मंसिर,रामेछाप । दोस्रो माझी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी आयोजक टिम नेपाल माझी उथान संघ रामेछापले जितेको छ । रामेछापका तीन टिमसहित २३ टिमले सहभागिता जनाएको प्रतियोगितामा आयोजक टिम प्रथम बनेको हो ।
आयोजक नेपाल माझी उथान संघ रामेछाप ’ए‘ टिमले मकुवानपुरलाई ३-१ ले हराउदै प्रथम स्थान हाँसिल गरेको बालकृष्ण माझीले रामेछाप टाइम्लाई जानकारी दिए । उनका अनुसार प्रथम भएसंगै आयोजक टिमले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हाँसिल गरेको छ ।
त्यस्तै मकुवानपुर जिल्लाले दोस्रो स्थान हाँसिल गरेको छ । उसले नगद १ लाख ५० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ ।
त्यस्तै ओखलढुङ्गा जिल्ला तेस्रो बनेको छ । उसले आयोजक टिम रामेछाप ‘बि’ लाई ४-१ ले हराएको छ ।
तेस्रो बनेको ओखलढुङ्गाले एक लाख नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएको छन भने आयोजक टिम बि रामेछापले सान्त्वना बनेर नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ । गत मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगिता आज समापन भएको छ ।
