रामेछापको उमाकुण्ड : लिखु खोलामा बाढी आएको बाढीले तीन वटा पक्की पुलसहित एक होटेल बगायो

| असार २९, २०८३ सोमबार

A A A
A A A

२९ असार, रामेछाप । रामेछापको अन्तिम मानव बस्ती रहेको उमातिर्थ स्थिति लिखु नदीमा भीषण बाढी आउँदा तीन वटा सडक पुल बगाएको छ । नदीमा पानीको बाहब एक्कासि बढेको प्रत्यक्षदर्शीको भनाई छ । सो क्षेत्रमा हाइड्रोपावर निर्माणको काम जारी छ ।

उमाकुण्ड गाउँपालिका वडा नं १, गुम्देल स्थित अन्तिम मानव बस्ती रहेको लाच्छेवर नजिकै उमातिर्थ मन्दिर आसपासमा भिजन हाइड्रो र दुगर्ड हाइड्रो कम्पनीले निर्माण गरेका तीन वटा पुल गएराति बगाएको रामेछाप टाइम्सलाई जानकारी प्राप्त भएको हो । गएराति देखि भीषण पानी परेको र भिजन हाइड्रोपावर कम्पनीले पाल्न हिमालय इनर्जीद्वार सञ्चालित लिखु–१ जल विद्युत् आयोजनाको ड्याममा क्षति पुत्याएको र पुलसहित टहरा होटेल बगाएको त्यहाँ स्थित स्थानीय टिकाराम घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार लिखु खोलामा आएको बाढीले भिजन हाइड्रोपावर कम्पनीले निर्माण गरेको गाडी हिँड्ने फलामे पुल पूर्ण रूपमा बगाएको हो । ‘ठुला मालवाहक गाडी हिँड्ने लिखु खोलामाथि बनेका पुल नाम निसानै छैन।’

 

उमातिर्थ मन्दिर नजिकै किन्जा–टाङ्दिङ सडक खण्डमा पर्ने लिखु खोलामाथि बनेको पक्की पुल बगाउँदा जिल्लाको अन्तिम मानव बस्ती र निर्माणाधीन हाइड्रो पावर आवत जावत पूर्ण रूपमा अवरुद्ध बनेको छ । सो क्षेत्रका बिखे खोला, हिमगंगा खोला र लिखु नदी भीषण रूपमा उर्लिएका हुन् । गएराति देखिनै उर्लिएको लिखु नदीले दुगर्ड हाइड्रोको ड्याममा समेत क्षति ग्रस्त बनेको हो । टाङ्दिङ् र लाच्छेवर जोड्ने लिखु नदीमाथि बनेको अर्को पुल समेत बगाउँदा हाइड्रो पावरसँग सम्बन्ध बिच्छेद्ध अवस्थामा पुगेको उनको भनाई छ। 

 

त्यस क्षेत्रमा टेलिफोन सम्पर्क नहुँदा थप विवरण बुझ्न समस्या भएको हाइड्रोपावरका कर्मचारी पीताम्बर तिम्सिनाले बताए । उनले भने ‘पुल बगाएको जानकारी छ, त्यहाँ पुग्नलाई समस्या हुँदा थप बुझ्न गाह्रो परेको छ।’