‘तिहारमा पटका जस्ता विष्पोटक पदार्थ खरिद बिक्री गर्नेलाई कडा कारबाही गरिन्छ’-रामेछाप प्रहरी

| कात्तिक ५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

५ कातिक, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले नजिकिँदै गरेको तिहारमा विष्फोटक पदार्थ ओसरपसार हुन सक्ने भन्दै सचेत गराइएको छ । तिहारमा पटका जस्ता विष्पोटक पदार्थको धेरै कारोबार हुने गर्दछ । यसलाई रोकन प्रहरीले अभियान सुरु गरेको हो । 

 
‘तिहारमा आतशबाजी, भुईचम्पा, पटका जस्ता विष्फोटक पदार्थजन्य,पदार्थहरूको ओसारपसार, विक्रीवितरण तथा प्रयोग नगर्नहुन सचेत गराइन्छ रामेछाप प्रहरीले भनेको छ ।’ 

 


बिहिवार सदरमुकाम मन्थली बजारमा माइकिङ् सहित दिपा वलिमा हुन सक्ने अपराधिक गतिविधिमा सचेत हुन व्यवसायिहरुमा सचेत गराएको हो । विष्फोटकजन्य पदार्थको ओसारपसार, विक्रीवितरण तथा प्रयोग गरेको पाइएमा कारवाही गरिने रामेछाप प्रहरीले जनाएको छ । 

 


कोरोना महामारीमा तपाईको मास्क खै ? कार्यक्रम गरि सचेतना फैलाउदै आएको प्रहरीले चाडवड लक्षित सवारी चेकजाँचलाई समेत कडाई गरेको छ ।