सुनापतिमा बोलेरो दुर्घटनामा परेका कांग्रेस नेता मेघबहादुर खत्रीको उपचारको क्रममा निधन
फाइल फोटो
२० असोज,रामेछाप । रामेछापको सुनापतिस्थित् बेथानमा बोलेरो दुर्घटनामा परेका थप एकको निधन भएको छ ।
गत असोज ९ गते बेथानको पानीघाटमा बलेरो दुर्घट्नामा परि घाइते भएका नेपाली काँग्रेस सुनापतिका पूरानो, बौद्दिक नेता, पेन्शन शिक्षक १४ औँ महाधिवेशन क्षेत्रीय प्रतिनिधि मेघबहादुर खत्रीको गएराति उपचारको क्रममा बिएनबि हस्पिटलमा निधन भएको हो । खत्री नेपाल शिक्षक संघका पूर्व केन्द्रिय सदस्य समेत हुन् ।
काठमाडौंबाट गाउँ नगरको अधिवेशनको लागि आउदै गरे प्रदेश ३-०१२४ च १४४० नम्बरको बोलेरो दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि सोही समयमा उपचारको लागि लैजाँदै गर्दा खत्रीकी २७ वर्षीय छोरी सारादा खत्रीको ज्यान् गएको थियो ।
